
कोरोना महामारीका कारण लामो समय बन्द भएका सिनेमा हलहरु यसपालीको दशैंबाट पूर्ण रुपमा सञ्चालनमा आएका छन् । तर, कोरोनाको डरले दर्शक हलमा आउने-नआउने टुंगो नहुँदा दशैं र तिहार जस्तो चाडमा निर्माताहरुले फिल्म रिलिज गर्ने आँट गरेनन् । तिहारमा आएको बलिउड फिल्म ‘सूर्यवंशी’ ले हलमा दर्शक तानेपछि भने निर्मातहरु फिल्म रिलिज गर्न तातेका छन् ।

अभिनेत्री आँचल शर्मा र अभिनेता आकाश श्रेष्ठले अभिनय गरेको फिल्म ‘ब्ल्याक’ मा एक गीत छ, ‘तिम्रो लागि तड्प्यो मुटु ए माया, तिम्रै लागि धड्क्यो मुटु ए माया ।’ गीतले आँचल र आकाशको प्रेम भाव बोल्छ । गीतमा आकाशले आँचल विना आफू न हाँस्न सक्ने न मर्न सक्ने बताएका छन् । रियल लाइफमा भने आँचलप्रति डा. उदिप श्रेष्ठको प्रेम आशक्ति गीतको भावभन्दा कम छैन ।

एक समय एक्सन भूमिकामा निकै जमेका नायक हुन्, विराज भट्ट र रमित ढुंगाना । करिअरको सुरुवात नै एकै समयमा भएकाले उनीहरुले एकसाथ फिल्ममा काम गर्ने अवसर पनि पाए । ‘देवर बाबु, दुर्गा, ट्याक्सी ड्राइभर, हिम्मत’ लगायत उनीहरुका सफल फिल्म हुन् । करिअरको उत्कर्षमा रहँदा समेत एकअर्कासँग राम्रो सम्बन्ध रहेका उनीहरुबीच अहिले पनि उस्तै राम्रो सम्बन्ध छ ।

फिल्म ‘नुमाफुङ’ बाट वाहवाही बटुलेका निर्देशक नविन सुब्बा दश वर्षपछि निर्देशनमा फर्किने तयारीमा छन् । फिल्म ‘गुड बाई काठमाडौं’ पछि निर्देशनबाट टाढा रहेका उनले फिल्म ‘गाउँ आएको बाटो’ बाट निर्देशनमा पुनरागमन गर्न लागेका हुन् । नेपाली फिल्मको कथ्य संरचना र शैलीको आलोचक मानिने सुब्बा अब हिजोको जस्तो फिल्म बनाए दर्शकले पनि साथ नदिने बताउँछन् ।

आउँदो पुष ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चुरिफुरी’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक गरिएको ट्रेलर कमेडीले भरिएको छ । २ मिनेट ४४ सेकेण्डको ट्रेलरमा अष्ट्रेलिया जान लाग्दा र जग्गा किन्दा ठगिएकाहरुको कथालाई कमेडी शैलीमा देखाइएको छ । कमेडी फिल्म रुचाउने दर्शकलाई फिल्मले हलसम्म तान्न सक्ने ट्रेलर हेर्दा अनुमान गर्न सकिन्छ ।

बलिउड सुपरस्टार सलमान खान अभिनीत नयाँ फिल्म ‘अन्तिम’ शुक्रवारबाट संसारभर एकसाथ प्रदर्शनमा आएको छ । महेश मान्जरेकरले निर्देशन गरेको फिल्ममा सलमानका अलावा आयुष शर्मा, महिमा मकवाना, निकितिन धीर र जिशु सेन गुप्ताको पनि अभिनय रहेको छ । एक्सनले भरिएको फिल्मलाई दर्शकले रुचाएका छन् । यो फिल्मले समीक्षकबाट पनि राम्रो रेटिङ पाएको छ ।

