
लक्ष्मण सुनार निर्देशित फिल्म ‘बुलाकी’ को डोल्पा छायांकन सकिएको छ । क्यामेरा ‘अन’ भएको २४औं दिनमा फिल्मको डोल्पा छायांकन पूरा भएको हो । फिल्मको दुई गीत मात्र खिच्न बाँकी राखेर निर्माण टिम काठमाडौं फर्किसकेको छ । परिस्थिति हेरेर गीतको छायांकन पुषपछि गर्ने तयारी भएको निर्देशक सुनारले जानकारी दिए । फिल्मको सम्पूर्ण दृश्य डोल्पामै खिचिएको हो ।

बलिउड अभिनेत्री कटरीना कैफ र अभिनेता विक्की कौशल यही ९ डिसेम्बरमा विवाह बन्धनमा बाँधिदैछन् । यो विवाहमा दुई पक्षका परिवारका साथै केही नजिकका पाहुना सहभागी हुनेछन् । रिसेप्सन पार्टीमा भने बलिउडका ठूला हस्तीहरुलाई निमन्त्रणा गरिएको छ । विक्की र कटरीनाले विवाहमा उपस्थिति हुने पाहुनाका लागि राजस्थानमा करीब ४५ वटा होटल बुक गरेका छन् ।

‘पढ्नका लागि उमेरले रोक्दैन’ भन्ने एउटा गतिलो उदाहरण हुन्, करिश्मा मानन्धर । कक्षा ८ मा पढिरहँदा फिल्म ‘सन्तान’ बाट अफर आएपछि उनले अध्ययन छाडेकी थिइन् । फिल्ममा आएपछि उनले पढाईका लागि समय नै दिन सकिनन् । तर, उमेर घर्किँदै गएपछि केही वर्षदेखि उनी फिल्म अभिनयमा सक्रिय छैनन् । यही मौकामा उनले पुनः अध्ययनलाई सुरु गर्ने निर्णय गरिन् ।

नेपालमा एउटा उखान निकै चर्चित छ, ‘नेपालीहरुले सित्तैमा पायो भने अलकत्रा पनि सजिलै निल्छन् ।’ यो उखान नेपाली फिल्मका दर्शकहरुमा ठ्याक्कै चरितार्थ हुन्छ । सिनेमा हल गएर फिल्म हेर्न नरुचाउने दर्शकहरु यूट्युबमा आएपछि भोक-निन्द्रै विर्सन्छन् । अनि, सित्तैमा फिल्म हेर्न पाएको ‘गुन’ प्रशंसा गरेर तिरिदिन्छन् । नेपाली निर्माता र कलाकारलाई भने यही ठूलो सफलता लाग्छ ।

बलिउड फिल्म ‘उचाइँ’ को नेपालमा छायांकन सकिए लगत्तै भारतबाट अर्को टिम वेब सिरिज ‘फेक’ को छायांकनका लागि नेपाल आएको छ । शनिवार कलाकार र प्राविधिकको टिम काठमाडौं आएपछि आइतवारबाट वेब सिरिजको छायांकन सुरु भएको छ । यो सिरिजको बुधवारसम्म छायांकन हुने नेपालको सम्पूर्ण व्यवस्थापन हेरेको थ्री ह्विलर्सका अध्यक्ष सुरज आचार्यले जानकारी दिए ।

निर्माणको तयारीमा रहेको फिल्म ‘लाखे’ का लागि १० जना कलाकार अडिसनमार्फत् छनोट भएका छन् । थापागाउँस्थित कान्तिपुर फिल्म कलेजमा भएको अडिसनमा निर्माण टिमले फिल्मका लागि एक सह-अभिनेत्री, एक बालकलाकारसहित विभिन्न चरित्रका लागि १० जना कलाकार छानेको हो । २ सय बढीले अडिसन दिएकोमा १० जना मात्र छानिएको निर्देशक सम्राट बस्नेतले बताए ।

