Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखाले राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिने

फिल्मीखबर, काठमाण्डौ, 2021/12/02
rekha thapa
 
राजावादी राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधवारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय महाधिवेशनमा चर्चित अभिनेत्री रेखा थापाले महामन्त्री पदमा उम्मेदवारी दिने भएकी छन् । हाल राप्रपाको केन्द्रीय सदस्य समेत रहेकी उनी अध्यक्ष पदका दाबेदार राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उठ्न लागेकी हुन् । उनले महिलातर्फ महामन्त्री पदमा उम्मेदवारी दिनेछिन् । 
 
रेखाले महामन्त्री पदमा उम्मेदवारी दिने भएपछि नेपाली फिल्मकर्मीहरुले उनलाई सामाजिक सञ्जालमार्फत् शुभकामना दिएका छन् । २०७३ सालमा राप्रपा प्रवेश गरेकी रेखा अब राप्रपालाई युवा नेतृत्वपंक्तिले हाँक्नु पर्ने बताउँछिन् । यही कारणले आफूले राजेन्द्र लिङ्देनलाई अध्यक्षमा समर्थन गरेको उनको भनाई छ । राजेन्द्रले उम्मेदवारी घोषणा गर्दा पनि रेखा उपस्थित थिइन् ।
 
काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि बनेकी रेखा राप्रपा  प्रवेश गर्दा कमल थापा निकट मानिएकी थिइन् । राप्रपा फुटेपछि भने उनी पशुपति सम्शेर राणाको राप्रपा (प्रजातान्त्रिक) को सह(महामन्त्री बनेकी थिइन् । पछि फेरि दुईटा राप्रपा एक भएपछि उनी केन्द्रीय सदस्य बनिन् । यसपटक उनी राजेन्द्र लिङ्देनलाई अध्यक्षमा समर्थन गरेर आफू महामन्त्रीमा उठ्दैछन् । 
Most Visited News (monthly)