Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6223 - 6228 of 23769
फिल्मीखबर, काठमाण्डौ, 2021-12-06, सोमवार

नियमित फिल्म हेर्ने दर्शकहरुका लागि महेश त्रिपाठी परिचित अनुहार होइनन् । तर, उनले सर्ट फिल्मबाट अभिनयमा आफूलाई प्रमाणित गरिसकेका छन् । अब उनी फिचर फिल्ममा पनि आफ्नो बलियो उपस्थिति जनाउँदैछन् । लामो समयदेखि अस्कार इन्टरनेशनल कलेजमा शिक्षकको रुपमा कार्यरत उनको नयाँ फिल्म ‘चपली हाइट ३’ आगामी पुष २ गतेबाट प्रदर्शनमा आउँदैछ ।

फिल्मीखबर, काठमाडौं, 2021-12-06, सोमवार

कलाकार शिवहरी पौडेलले निर्देशन गरेको पहिलो फिल्म ‘लक्का जवान’ ले प्रदर्शन मिति घोषणा गरेको छ । कोरोना महामारीका कारण २०७६ चैत २१ गते प्रदर्शन हुन नपाएको फिल्मलाई अब आउँदो वर्षकोे बैशाख २३ गते प्रदर्र्शन गरिने भएको छ । सोमवार वितरकसँगको छलफलपछि निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको हो । फिल्मलाई देशभर एफडि कम्पनीले वितरण गर्नेछ । 

फिल्मीखबर, काठमाडौं, 2021-12-06, सोमवार

नायक निखिल उप्रेती पछिल्लो समय ‘आध्यात्मिक गुरु’ बनेका छन् । कुनै समय फिल्ममा भ्याइनभ्याइ हुने गरेका उनलाई अचेल जीवन र जगतबारे गहन ढंगले ब्याख्या र विश्लेषण गरेको देख्न पाइन्छ । उनले कोरोना महामारीको दोस्रो लहर सुरु हुनुभन्दा अगाडि ‘समबोधी अभियान’ को समेत थालनी गरेका थिए । तर, कोरोनाका कारण उनले यो अभियानलाई अगाडि बढ्न पाएनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-12-05, आईतवार

नेपालको प्रतिष्ठित फिल्म फेस्टिभल ‘काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (किम्फ) को १९औं संस्करण यही मंसिर २३ देखि २७ गतेसम्म हुने भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक, छोटा फिल्म र एनिमेसन गरी २८ देशका ६० भन्दा बढी फिल्म अनलाइन र दर्शकको प्रत्यक्ष उपस्थितिमा देखाइने जानकारी गराइयो ।

फिल्मीखबर, काठमाडौं, 2021-12-05, आईतवार

कोरोना महामारीका कारण रोकिएको फिल्म ‘बिच्छेद’ को करीब दुई बर्षपछि सम्पूर्ण छायांकन सकिएको छ । २०७६ वर्षको चैत ५ गतेबाट फिल्मको छायांकन सुरु भएको थियो । तर, चैत ११ गतेबाट कोरोना महामारीका कारण देश लकडाउन भएपछि फिल्मको छायांकन अधुरैमा रोकियो । अधुरैमा छायांकन रोकिँदा ठूलो आर्थिक क्षति भएको निर्माता राज पण्डितले बताएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-12-05, आईतवार

आउँदो पुष २ गतेबाट फिल्म ‘चपली हाइट ३’ प्रदर्शनमा आउँदैछ । नाम चलेका कलाकारहरुको अभिनय र हिट फिल्मको सिक्वेल भएकाले फिल्मले हलसम्म दर्शक तान्ने अपेक्षा धेरैको छ । तर, यो फिल्म रिलिज हुने मितिमै साउथ फिल्म ‘पुष्पा’ र अंग्रेजी फिल्म ‘स्पाइडर म्यान’ पनि प्रदर्शन हुँदैछ । जसले गर्दा ‘चपली हाइट ३’ लाई बक्सअफिसमा गाह्रो पर्न सक्ने कतिपयको विश्लेषण छ ।

Results : 6223 - 6228 of 23769
Most Visited News (monthly)