Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महिनाको ५० हजार पाएको छु तर ५० लाख लिएको छैन : कोपिला उप्रेती

फिल्मीखबर, काठमाडौं, 2021/12/05
नायक निखिल उप्रेतीको जेठी श्रीमती कोपिला उप्रेतीसँग गत भदौ १ गते भक्तपुर जिल्ला अदालतमा सम्बन्ध विच्छेद भएको थियो । तर, सञ्चार माध्यममा उनीहरुको डिभोर्सको खबर यसै साता मात्र बाहिरियो । निखिलले भक्तपुरको नयाँ ठिमीमा रहेको घर, ५० लाख नगद र छोराको पालन-पोषणका लागि महिनाको ५० हजार दिने सर्तमा कोपिलासँग डिभोर्स गरेको फिल्म क्षेत्रमा चर्चा छ ।
 
kopila upreti and nikhil upreti
 
तर, कोपिला उप्रेतीले आफूले निखिल उप्रेतीबाट ५० लाख नगद नलिएको स्पष्ट पारेकी छन् । आइतवार फेसबुकमा स्टाटस लेख्दै उनले महिनाको ५० हजार आफूले पाएको कुरामा भने सत्यता रहेको बताएकी छन् । उनले लेखेकी छन्, ‘मैले विना सम्पत्ति पति निखिल उप्रेतीजीसँग सम्बन्ध विच्छेद गरेको हुँ । यो नयाँ ठिमी (भक्तपुर) को घर आजभन्दा १४ वर्षअघि नै मेरो नाममा थियो ।’ 
 
उनले अगाडि लेखेकी छन्, ‘हरेक महिनामा ५० हजार ‌मैल पाएको छु, यो सत्य ‌हो । मैले उहाँको दोस्रो सन्तानले निखिलजीको कानुनी नाम पाउन भनेर यो कठोर निर्णय लिएकी हुँ । मैले ५० लाख लिएको छैन ।’ कोपिलाले तीन दिनअघि पनि निखिलको खुसीका लागि आफूले डिभोर्स दिएको बताएकी थिइन् । डिभोर्सपछि पनि आफूहरुबीच राम्रो सम्बन्ध रहेको उनको भनाई थियो ।
 
अभिनेत्री सञ्चिता लुईंंटेलसँग दोस्रो विवाह गरेपछि निखिल १३ वर्षदेखि जेठी श्रीमतीबाट अलग बस्दै आएका थिए । कोपिलाबाट निखिलका एक छोरा छन् । कोपिलालाई निखिलले संघर्षका दिनमा विवाह गरेका थिए । भक्तपुरमा रहेको घर जेठी श्रीमतीलाई दिएपछि अहिले उनी कान्छी श्रीमतीसँग एक अपार्टमेन्टमा बस्दै आएका छन् । सञ्चिताबाट उनका एक छोरा र एक छोरी छन् । 
 

Most Visited News (monthly)