Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बलिउड डेब्यूको तयारीमा सामन्था

एजेन्सी, मुम्बई, 2021/12/04
samantha akkineni
 
तेलुगू र तमिल फिल्मकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुको नर्थ इन्डियामा समेत राम्रो फ्यान फलोइंग रहेको छ । सामन्था पपुलर वेब सिरिज ‘द फेमिली म्यान २’ मा मनोज बाजपेयीको अपोजिटमा भिलेनको भूमिका निर्वाह गरेकी थिइन् । त्यसबेलादेखि उनी बलिउड डेब्यूको तयारीमा रहेको चर्चा सुरु हुन थालेको थियो । अब उनले चाँडै बलिउड फिल्म साइन गर्न सक्ने बताइएको छ ।
 
सामन्थाले बलिउड फिल्ममा डेब्यू गर्नका लागि मुम्बईमा समेत घर किनिसकेकी छन् । बलिउड डेब्यूबारे उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘म हिन्दी फिल्ममा काम गर्न तयार छु । कुनै पनि भाषा मेरो लागि बाधक बन्दैन । तर, जबसम्म राम्रो स्क्रिप्ट मिल्दैन तबसम्म बलिउड फिल्ममा काम गर्दिनँ ।’ मुम्बईमा घर किनेदेखि उनलाई बलिउड फिल्मबाट बाक्लै अफर पुगिरहेको बताइन्छ ।
 
तेलुगू र तमिल इन्डस्ट्रीमा उनको अभिनय र सुन्दरताको निकै प्रशंसा हुने गरेको छ । अब उनलाई हिन्दी फिल्ममा हेर्न दर्शकहरुले प्रतिक्षा गरिरहेका छन् । पछिल्लो समय उनी आफ्नो श्रीमान् नागा चैतन्यसँग सम्बन्ध विक्षेदका कारण चर्चामा थिइन् । सामन्थाले ‘रंगस्थलम, मजिली, जानू, थेरी, अ आ, रंगस्थलम, ये माया चेसावे, ईगा’ लगायतका सम्झनालायक फिल्ममा काम गरेकी छन् ।
Most Visited News (monthly)