Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ईओजी’ टिजर : के भगवान छन् ?

फिल्मीखबर, काठमाडौं, 2021/12/04
EOG - movie
 
प्रकु पाण्डेको निर्देशनमा निर्माण भएको फिल्म ‘ईओजी’ (एरर्स अफ गड) को टिजर यूट्युबमा सार्वजनिक भएको छ । १ मिनेट ४१ सेकेण्डको टिजरमा आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधारण मानवको रुपमा आएका भगवानहरुको कथालाई देखाइएको छ । टिजरले दर्शकमा फिल्मप्रति चासो र कौतुहलता जन्माएको छ । टिजरमा ‘के भगवान छन् ?’ भनेर प्रश्न समेत गरिएको छ ।
 
सगुन पोखरेलको निर्माण रहेको फिल्ममा विकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, सरिता ढुंगानाको साथमा भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतिक दुलाल, अस्मिता खनालसँगै रंगमञ्चका पचासभन्दा बढी कलाकारहरुको अभिनय छ । संगीत सापकोटाको कथा रहेको फिल्ममा मोनिस निरौला र उत्सव बुढाथोकीको संगीत छ । 
 
‘ईओजी’ मा क्राइसिस ज्याक (कृष्ण) को छायांकन, रोमी मोसेस तन्डुकारको सम्पादन, विक्रम भण्डारीको भिएफएक्स र शक्ति राईको कला निर्देशन रहेको छ । निर्माण टिमले टिजर सार्वजनिक गरे पनि फिल्मको प्रदर्शन मिति घोषणा गरेको छैन । निर्देशक पाण्डेले फिल्मलाई यसै वर्ष प्रदर्शन गर्ने योजना रहेको बताए । फिल्मले दर्शकलाई फरक स्वाद दिने पनि उनले बताएका छन् ।
 

Most Visited News (monthly)