
कलाकार तथा गायक विल्सन विक्रम राई छोरीको पिता बनेका छन् । विल्सनकी श्रीमती सरिना लामाले बिहीवार विहान झापाको विर्तामोडमा रहेको विर्तासिटी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । विल्सनले आमा र छोरी दुवैको स्वास्थ्य अवस्था एकदमै राम्रो रहेको र छोरीको तौल ३ केजीको रहेको जानकारी दिएका छन् । राई दाम्पतिले छोरीको नाम सभ्यता बी राई राखेका छन् ।

‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौलीको एक्सन-थ्रिलर फिल्म ‘आरआरआर’ (राइज रोर रिवोल्ट) को हिन्दी ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट १५ सेकेण्ड लामो ट्रेलरमा जबरजस्त एक्सन सिन देखाइएको छ । फिल्मको कहानी तेलुगु फ्रिडम फाइटर अल्लूरी सीताराम राज र कोमाराम भीममाथि आधारित छ । यस फिल्ममा राम चरण र जूनियर एनटीआर मुख्य भूमिकामा छन् ।

अभिनेत्री उषा रजकले फिल्म ‘कठपुतली’ बाट करीब ९ वर्षपछि अभिनयमा कमब्याक गरेकी छन् । ८ वर्ष किर्गिस्तान बसेर नेपाल फर्किएकी उनलाई यूएनडिपीमा काम गरिरहेको समयमा यो फिल्मबाट प्रस्ताव आएको थियो । स्क्रिप्ट र क्यारेक्टर मन परेपछि उनले तुरुन्तै फिल्ममा अभिनय गर्ने वचन दिएकी थिइन् । ९ वर्षपछि फिल्ममा फर्किएकाले उनी निकै उत्साहित देखिएकी छन् ।

हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा राजाहरुको शासन कालमा दरबारभित्र हुने घट्नाक्रमलाई देखाइएको छ । केही दिनमा फिल्मको दोस्रो ट्रेलर पनि सार्वजनिक गर्ने तयारीमा निर्माण टीम रहेको छ । ट्रेलरले दर्शकमा फिल्मप्रति कौतुहलता बढाउन सक्ने देखिन्छ ।

यतिबेला बलिउडमा विवाहको सिजन चलेको छ । यही सिजनमा राजकुमार राव, श्रद्धा आर्या, ऐश्वर्या शर्मा, नील भट्ट, निकिता शर्मा लगायत बलिउडका कयौं चर्चित सेलिब्रेटीहरु विवाह बन्धनमा बाँधिसकेका छन् । अब बलिउडकी ‘बार्बी डल’ कटरीना कैफ पनि अभिनेता विक्की कौशलमा विवाह गर्ने तयारीमा छिन् । यही ९ डिसेम्बर (बिहीवार) मा उनीहरुको विवाह राजस्थानमा हुँदैछ ।

अहिलेकी चल्तीकी अभिनेत्री हुन्, स्वस्तिमा खड्का । फिल्म ‘होस्टेल रिर्टन्स’ बाट अभिनय करिअर सुरु गरेकी उनले ७ वर्षको अवधिमा अभिनेत्रीहरुको भीडमा आफूलाई फरक रुपमा उभ्याएकी छन् । फिल्म ‘बुलबुल’ बाट करिअरमा ठूलो फड्को मारेकी उनले आर्ट र कमर्शियल दुवै खालका फिल्ममा राम्रो उपस्थिति जनाएकी छन् । यसैले त उनी हरेक मेकरको रोजाई बनेकी छन् ।

