
शुक्रवारबाट प्रदर्शनमा आएको हरर फिल्म ‘कठपुतली’ ले घरेलू बक्सअफिसमा सुखद व्यापार गरिरहेको छ । ‘वर्ड अफ माउथ’ राम्रो रहेको फिल्मले प्रदर्शनको दिनदेखि हलमा दर्शकको अभाव खेप्नु परेको छैन । महामारीपछि प्रदर्शनमा आएका नेपाली फिल्मले हलमा दर्शक फर्काउन नसकेकोमा चिन्तित बनेका फिल्मकर्मीहरुलाई पनि ‘कठपुतली’ को व्यापारले आश जगाएको छ ।

नेपाली फिल्मको एउटा कालखण्ड नै आफ्नो काँधमा बोकेर हिँडेका लोकप्रिय नायक राजेश हमाल पछिल्लो समय अभिनयमा उत्ति सक्रिय छैनन् । बेला बखतमा म्यूजिक भिडियोमा झुल्किने गरेका भए पनि उनले फिल्ममा अभिनय नगरेको चार वर्षभन्दा बढी भइसकेको छ । यद्यपि, उनले नयाँ फिल्म ‘सत्यम्’ भने साइन गरेका छन् । जुन फिल्म माघबाट छायांकन जाने तयारीमा छ ।

अष्ट्रेलियामा निर्माण भएको नेपाली फिल्म ‘पर्पला’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मकी मुख्य नायिका निखिला बुढाथोकी फिचर छिन् । भावुक मुद्रामा देखिएकी उनको आँखाबाट रगतको आँशु बगेको छ । पोस्टरले नै फिल्म हरर-थ्रिलर जनरामा निर्माण भएको प्रस्ट्याउँछ । अष्ट्रेलियामा बस्ने नेपालीहरुकै जीवनमा घटेको घटनाक्रममाथि फिल्म आधारित छ ।

करीब १७ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘हामी तीन भाई’ का दृश्यहरु अझै दर्शकको मन मस्तिकमा ताजै छ । फिल्मको ‘तिर्ख लागे निरमाया, बाजा घन्काउँदै, चरीको घर, कल कल खोला’ गीत त अहिले पनि सर्वाधिक घन्किने गरेका छन् । राजेश हमाल, स्वं. श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, झरना थापा, रेखा थापा, नन्दिता केसीको जीवन्त अभिनयले फिल्ममा प्राण भरेको थियो ।

साउथ सुपरस्टार अल्लू अर्जुनको नयाँ फिल्म ‘पुष्पा’ ले यतिबेला बक्सअफिसमा धूम मच्चाइरहेको छ । फिल्ममा उनको अभिनय, स्टाइल र एक्सनलाई निकै रुचाइएको छ । ८ अप्रिल १९८३ मा चेन्नाईमा जन्मिएका उनले दुई वर्षको उमेरदेखि नै अभिनय गर्न सुरु गरेका थिए । सन् १९८५ मा उनको पहिलो तेलुगू फिल्म ‘विजेता’ थियो, जसमा उनी बाल कलाकारको रुपमा देखिएका थिए ।

पुष ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चपली हाइट ३’ को शिर्ष गीत सार्वजनिक भएको छ । गीतमा अर्जुन कुमारको स्वर छ । उनी फिल्मका निर्माता पनि हुन् । गायकको रुपमा आफ्नो करिअर सुरु गरेका उनले लामो समयपछि गीतमा स्वर दिएका हुन् । गीतको भिडियोमा फिल्मभित्रका दृश्य समावेश गरिएको छ भने कलाकारहरुलाई भागदौड गरेको देख्न सकिन्छ ।

