Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अल्लू अर्जुन : ३ सय ६० करोडको सम्पत्ति, सय करोडको घर

एजेन्सी, मुम्बई, 2022/01/05
allu arjun
 
साउथ सुपरस्टार अल्लू अर्जुनको नयाँ फिल्म ‘पुष्पा’ ले यतिबेला बक्सअफिसमा धूम मच्चाइरहेको छ । फिल्ममा उनको अभिनय, स्टाइल र एक्सनलाई निकै रुचाइएको छ । ८ अप्रिल १९८३ मा चेन्नाईमा जन्मिएका उनले दुई वर्षको उमेरदेखि नै अभिनय गर्न सुरु गरेका थिए । सन् १९८५ मा उनको पहिलो तेलुगू फिल्म ‘विजेता’ थियो, जसमा उनी बाल कलाकारको रुपमा देखिएका थिए । 
 
मुख्य नायकको रुपमा भने उनले अभिनय गरेको पहिलो फिल्म ‘गंगोत्री’ थियो । त्यसयता उनले ‘आर्या, येवडू, रुद्रमादेवी, ना इलू इन्डिया, डेन्जरस खिलाडी, परुगु, बद्रीनाथ, सराइनोडु, अला वैकुन्ठपुरमलो’ लगायत २० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । भारतीय मिडियाको रिपोर्ट अनुसार, उनले एउटा फिल्मका लागि भारु २० देखि २५ करोडसम्म पारिश्रमिक लिने गरेका छन् । 
 
अल्लू अर्जुनको हैदराबादस्थित घरको मुल्य भारु सय करोडभन्दा बढी पर्छ । जुबली हिल्समा अबस्थित आफ्नो घरको उनले चर्चित इन्टिरियर डिजाइनर आमिर र हामिदाबाट डेकोरेट गराएका थिए । गाडीका सौखिन रहेका उनीसँग करोडौं मुल्य पर्ने कारको कलेक्सन पनि छ । उनको कलेक्सनमा रेन्ज रोवर, ओडी, जगुआर, पोर्शे र विएमडब्लू सिरिजको महंगा विलासी गाडीहरु छन् । 
 
allu arjun
 
अल्लूको भ्यानिटी भ्यान पनि निकै महंगो छ । उनले फाल्कन नामको भ्यानिटी भ्यान प्रयोग गर्ने गरेका छन्, जसको मुल्य भारु ७ करोड हो । भ्यानिटीको भित्र लग्जरी क्याबिनसँगै अल्लू अर्जुनको नामको लोगो ‘एए’ पनि छ । रेड्डी कस्टम्सलाई यो भ्यानिटी तयार गर्न ५ महिना लागेको थियो । २०११ मा स्नेहा रेड्डीसँग लगनगाँठो कसेका उनका दुई सन्तान छन्, जसको नाम अयान र अरहा हो ।
Most Visited News (monthly)