Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हामी तीन भाई’ को गीतमा अस्मिताले भरिन् स्वर

फिल्मीखबर, काठमाडौं, 2022/01/05
करीब १७ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘हामी तीन भाई’ का दृश्यहरु अझै दर्शकको मन मस्तिकमा ताजै छ । फिल्मको ‘तिर्ख लागे निरमाया, बाजा घन्काउँदै, चरीको घर, कल कल खोला’ गीत त अहिले पनि सर्वाधिक घन्किने गरेका छन् । राजेश हमाल, स्वं. श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, झरना थापा, रेखा थापा, नन्दिता केसीको जीवन्त अभिनयले फिल्ममा प्राण भरेको थियो ।
 
asmita adhikari
 
पछिल्लो समयमा नेपालमा सुपरहिट फिल्मको सिक्वेल बनाउने ट्रेन्ड फस्टाइरहेको अवस्थामा ‘हामी तीन भाई’ नाममा पनि फेरि एकपटक फिल्म निर्माण हुने भएको छ । कोरोना महामारीका बीच गत वर्ष फिल्मको घोषणा गरिएको थियो । मंगलवार फिल्मको गीत रेकर्ड गरिएको छ । साप शक्तिको संगीत रहेको गीतमा अस्मिता अधिकारी र संगीतकार शक्तिले आफ्नो स्वर भरेका छन् ।
 
मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको फिल्ममा सलोन बस्नेत, जाहन्वी बस्नेत, शिशिर राणा, विकाश चापागाई, दिक्षा पाण्डे, दीपक मगर, भुवन काफ्ले, नरेन केसी र टेकेन्द्र न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ । फिल्मका लागि केही मुख्य कलाकारको हाल छनोट कार्य भइरहेको निर्देशक भट्टराईले जानकारी दिए । फिल्मको प्रस्तुतकर्तामा साजित महत रहेका छन् ।
 
asmita adhikari
 
विक्रम तामाङ कार्यकारी निर्माता रहेको फिल्ममा हिमाल केसीको द्वन्द्व, कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन, सुलभ मणि सापकोटा गीत रचना, मनिष गौतम र रिवाज दाहालको लेखन रहेको छ । पारिवारिक प्रेमकथामा आधारित रहने फिल्मको मुख्य सहायकमा निर्देशकमा विनय पौडेल र रामजी राउत छन् । यो फिल्म प्रसिद्धि सिने आर्टसको ब्यानरमा बन्नेछ ।
Most Visited News (monthly)