
पुष ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चपली हाइट ३’ को शिर्ष गीत सार्वजनिक भएको छ । गीतमा अर्जुन कुमारको स्वर छ । उनी फिल्मका निर्माता पनि हुन् । गायकको रुपमा आफ्नो करिअर सुरु गरेका उनले लामो समयपछि गीतमा स्वर दिएका हुन् । गीतको भिडियोमा फिल्मभित्रका दृश्य समावेश गरिएको छ भने कलाकारहरुलाई भागदौड गरेको देख्न सकिन्छ ।
निकेश खड्का निर्देशित फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारहरुको अभिनय रहेको छ । नरेन्द्र महर्जन र हेमन्त धामी कार्यकारी निर्माता रहेको फिल्मको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् ।
डिपी खनालको शब्द रचना, सुभाष भुषाल र अर्जुन कुमारको संगीत, अष्ट महर्जनको द्वन्द्व, उत्तम न्यौपानेको साउन्ड डिजाइन, दिर्घ खड्काको सम्पादन र पुरुषोत्तम प्रधानको छायांकन रहेको ‘चपली हाइट ३’ क्राइम-थ्रिलर जनरामा निर्माण भएको हो । यो फिल्मको पहिलो श्रृंखला निकै सफल भएको थियो । दोस्रो श्रृंखला भने औसत चल्यो । अब तेस्रो सिरिजको प्रतिक्षा दर्शकमा छ ।
शिर्ष गीत :-

