Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो छ अष्ट्रेलियामा बनेको ‘पर्पला’ को फर्स्टलुक

फिल्मीखबर, काठमाडौं, 2022/01/05
Purpala
 
अष्ट्रेलियामा निर्माण भएको नेपाली फिल्म ‘पर्पला’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मकी मुख्य नायिका निखिला बुढाथोकी फिचर छिन् । भावुक मुद्रामा देखिएकी उनको आँखाबाट रगतको आँशु बगेको छ । पोस्टरले नै फिल्म हरर-थ्रिलर जनरामा निर्माण भएको प्रस्ट्याउँछ । अष्ट्रेलियामा बस्ने नेपालीहरुकै जीवनमा घटेको घटनाक्रममाथि फिल्म आधारित छ ।
 
मनोज अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्ममा पुकार गौतम, रोजी पन्त, प्रेक्ष्या अधिकारी, योगेश घिमिरेसँगै अष्ट्रेलियन कलाकार ओल्गा तमराको पनि अभिनय छ । निर्माता भानु प्रताप प्रस्तुतकर्ता रहेको फिल्ममा हलिउड प्राविधिकले काम गरेका छन् । फिल्मको पहिलो चरणको छायांकन पूरा भइसकेको छ भने दोस्रो चरणको छायांकन चाँडै सुरु हुने निर्माता प्रतापले बताए ।
 
एक दशकदेखि अष्ट्रेलिया बसेर नेपाली फिल्मको निर्माण र प्रबद्र्धन गर्दै आएका निर्देशक मनोज अधिकारीले यसअघि अष्ट्रेलियामा बनेको पहिलो नेपाली फिल्म ‘ऋतु’ को निर्माण तथा निर्देशन गरेका थिए । योसँगै अष्ट्रेलिया र नेपालमा निर्माण भएका थुप्रै फिल्ममा निर्माताका रुपमा अनुभव बटुलेका उनले अष्ट्रेलियन हलिउड फिल्म ‘गर्ल एडिक्टेड’ को पनि निर्देशन गरिसकेका छन् ।
 
आर.के.एस अस्ट्रेलिया, ओएमजी इन्टरटेन्टमेन्ट र ग्रीन हिल्स इन्टरटेन्टमेन्टको ब्यानरमा बनेको फिल्मलाई अष्ट्रेलियन छायाँकार कास्मिर डिक्सनले खिचेका हुन् । सुरेन्द्र पौडेलले सम्पादन गरेको फिल्मको निर्मातामा रविन्द्र कुमार शर्मा, डम्बर बहादुर रसाइली, छवि अधिकारी, सरोज वाइबा छन् भने सह-निर्मातामा सरस्वती गौतम, शृजना ल्वागुन, भिम राज रसाइली र वचन कु. मल्ल छन् ।
Most Visited News (monthly)