

फिल्म फ्लप हुँदा प्रत्यक्ष घाटा निर्मातालाई भएको देखिन्छ । हुन पनि घरखेत बेचेर करोडौंमा बनाएको फिल्म डब्बा हुँदा निर्माताले सहनु पर्ने पीडा कम दर्दनाक हुँदैन । तर, कलाकारहरुलाई पनि फिल्म असफलताको असर करिअरमा पर्ने गर्छ । लगातार फिल्म असफल हुँदा धेरै कलाकार सफलताको सुःख महशुस गर्न नपाई ओझेल पर्छन् । किनकि, यहाँ सबै बलेकै आगो ताप्नेहरु छन् ।

कोरोना महामारीका कारण करीब २ वर्ष बन्द भएर यसपालीको दशैंबाट खुलेका सिनेमा हलमा नेपाली फिल्मले सुखद व्यापार गर्न नसकिरहेको अवस्थामा शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘कठपुतली’ ले दर्शकको राम्रो साथ पाएको छ । प्रदर्शनको पहिलो दिन राजधानीका मल्टीप्लेक्सहरुमा फिल्मले ७५-८० प्रतिशत अकुपेन्सी कायम गरेको वितरक कम्पनीले जानकारी दिएको छ ।

कोरोना महामारीभन्दा अगाडि नेपाली फिल्मलाई हलिउड र बलिउडका फिल्मको मात्र ‘थ्रेट’ थियो । तर, २ वर्षको बन्दाबन्दीपछि नेपाली फिल्मले साउथ फिल्मको पनि डर मान्नु पर्ने अवस्था आएको छ । सस्तोमा साउथ फिल्मको हिन्दी डब पाइने र नेपालमा साउथ फिल्मको ठूलो क्रेज भएकाले अचेल नेपालका वितरकहरु हिन्दीभन्दा साउथ फिल्मको डब किन्न दौडधुप गरिरहेका छन् ।

दिन्श पाल्पालीको निर्देशनमा बनेको फिल्म ‘चिसो एस्ट्रे’ को टिजर सार्वजनिक भएको छ । गाउँको ठिटोलाई सहरिया बन्ने रहर जागेपछि कसरी गलत काममा फस्छ भन्ने टिजरमा देखाइएको छ । फिल्मले काठमाडौँ सहरलाई चिसो एस्ट्रेका रुपमा प्रतिविम्बित गरेको छ । आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने पात्रको कथा फिल्म निर्माण भएको निर्देशक पाल्पालीले जानकारी दिए ।

कोरोना महामारीका कारण करीब २ वर्ष बन्द अवस्थामा रहेका सिनेमा हलहरु गत असोज २१ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आए । तर, तत्काल दर्शक आउने हुन् वा होइनन् भन्ने अन्योलताले दशैं, तिहार जस्ता पर्वमा आशा गरिएका नेपाली फिल्म रिलिज नै भएनन् । बलिउड फिल्म ‘सूर्यवंशी’ ले हलमा दर्शक फर्काएपछि भने नेपाली निर्माताहरु फिल्म रिलिज गर्न जोसिएका छन् ।

