
‘रजटपट’ नामक टेलिभिजन कार्यक्रमले अभिनेता रमेश उप्रेतीको श्रीमती किरण राणासँग डिभोर्स हुन लागेको खबर चुहाएपछि यतिबेला यही विषयले फिल्म क्षेत्र रापिएको छ । विगत केही समयदेखि उनीहरु एक्ला-एक्लै बस्दै आएको चर्चा छ । अभिनेता उप्रेतीले पनि आफूहरु अलग बस्दै आएको कुरा स्वीकार गरेका छन् । तर, कानुनी रुपमा डिभोर्स भने नभएको उनको दाबी छ ।

नेपाली फिल्म क्षेत्र र फिल्मप्रेमी दर्शकका लागि निर्देशक दीपेन्द्र के। खनालले दिएको एउटा उत्कृष्ट र यादगार फिल्म हो, ‘पशुपति प्रसाद’ । गम्भीर विषयवस्तु, निर्देशकिय पक्ष, प्रस्तुती र कलाकारको अभिनयले फिल्मलाई जीवन्त बनाएको थियो । फिल्मले घरेलू बक्सअफिसमा पनि राम्रो व्यापार गरेको थियो । यो फिल्मबाट दीपेन्द्रले आफूलाई अब्बल निर्देशकको कोटीमा उभ्याएका थिए ।

‘पशुपति प्रसाद’ का निर्देशक दीपेन्द्र के. खनालको कथामा निर्माण हुन लागेको फिल्म ‘परस्त्री’ का लागि अडिसन आह्वान गरिएको छ । फिल्मको मुख्य भूमिकामा नायक कोशिश क्षेत्री अनुबन्ध भइसकेका छन् भने अन्य एक अभिनेता र दुई अभिनेत्रीलाई छनोट गर्न निर्माण टिमले अडिसन आह्वान गरेको हो । संसारभरबाट अडिसनका लागि आफ्नो प्रोफाइल पठाउन सकिने बताइएको छ ।

अभिनेत्री सुष्मा कार्कीलाई ‘कन्ट्रोभर्सी क्विन’ भन्ने गरिन्छ । फिल्मी करिअरको सुरुवाती समयदेखि नै उनी अभिनयभन्दा विभिन्न ‘कन्ट्रोभर्सी’ का कारण चर्चा र विवादको केन्द्रमा रहँदै आएकी छन् । कहिले अभिनेत्री पूजा शर्मासँगको लफडा त कहिले प्रेमीबाट कुटिएको घट्नाले उनलाई गुमनाम हुन दिएको छैन । यस्तैमा एकपटकफेरि उनी लभ लाइफका कारण मिडियामा चर्चाको पात्र बनेकी छन् ।

बलिउड फिल्महरु ‘सूर्यवंशी’, ‘८३’ सँगै थुप्रै साउथ इन्डियन फिल्ममा फाइनान्स गरेको अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लूचिप इन्भेष्टमेन्ट’ ले नेपाली फिल्म बनाउन पनि इच्छा देखाएको छ । शनिवार (पुष २४ गते) राजधानीमा हुन गइरहेको ‘नेपाल मिडिया अवार्ड’ मा सहभागी हुन बिहीवार दुबईबाट काठमाडौं आइपुगेको ‘ब्लूचिप’ को टिमले नेपाली फिल्ममा लगानी गर्न इच्छा व्यक्त गरेको हो ।

आउँदो फागुन २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आकासे खेती’ को ‘चिटिक्कै परेर आइछेउ’ गीत सार्वजनिक भएको छ । गीतमा हरि उप्रेतीको शब्द, राजेश पायल राई, लोक पौडेल, अञ्जु पन्त र सुम्निमा इङ्नामको स्वर र विकास चौधरीको संगीत छ । भिडियोमा कलाकारहरु गौरव पहारी, विल्सन बिक्रम राई, बुद्धि तामाङ, नीता ढुंगाना, रविन्द्र झा, रमा लिब्बु फिचर छन् ।

