Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कठपुतली’ को टिकटसँग सेल्फी खिचेर ‘आइफोन १२’ जित्ने मौका

फिल्मीखबर, काठमाडौं, 2022/01/06
Kathaputali
 
शुक्रवारबाट प्रदर्शनमा आएको हरर फिल्म ‘कठपुतली’ ले घरेलू बक्सअफिसमा सुखद व्यापार गरिरहेको छ । ‘वर्ड अफ माउथ’ राम्रो रहेको फिल्मले प्रदर्शनको दिनदेखि हलमा दर्शकको अभाव खेप्नु परेको छैन । महामारीपछि प्रदर्शनमा आएका नेपाली फिल्मले हलमा दर्शक फर्काउन नसकेकोमा चिन्तित बनेका फिल्मकर्मीहरुलाई पनि ‘कठपुतली’ को व्यापारले आश जगाएको छ ।
 
यसैबीच, पहिलो हप्ताको कलेक्सनबाट उत्साहित रहेको निर्माण टिमले दर्शकलाई आकर्षक उपहार योजना अगाडि सारेको छ । फिल्म हेर्नका लागि हलबाट काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरुमध्ये गोला प्रथाबाट एक जनालाई एप्पल कम्पनीको लेटेस्ट फोन ‘आइफोन १२’ प्रदान गरिने फिल्मको निर्माण कम्पनी पृथ्वी राना प्रोडक्सनले जानकारी दिएको छ ।
 
यो योजनामा सहभागि हुन एक टिकट एकजनाको लागि मात्र मान्य हुनेछ भने टिकट नम्बरको जाँच हुनेछ । नेपालभर जुनसुकै हलबाट काटिएको टिकटसँग सेल्फी खिचेर सबैले देख्नेगरी सोसल मिडियामा राख्नुपर्ने हुन्छ । त्यसरी फोटो राख्दा क्याप्सनमा #KATHAPUTALI #WINIPHONE लेख्नु पर्नेछ । ‘लक्की ड्र’ मार्फत आगामी फेब्रुअरी १ मा विजेता घोषणा गरिने बताइएको छ ।
 
पृथ्वी राना मगर निर्मित तथा भिमसेन लामा निर्देशित यस फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय रहेको छ । जोएल फ्रूमले खिचेका फिल्मका निर्माता पृथ्वी रानामगर हुन भने सह निर्माताहरुमा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । हरर जनरामा निर्माण भएको फिल्मको कथा सम्पदा मल्लले लेखेकी हुन् ।
Most Visited News (monthly)