Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6091 - 6096 of 23769
फिल्मीखबर, काठमाडौं, 2022-01-11, मंगलवार

अभिनेत्री दीया पुनले संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथाको आरोहण गर्ने भएकी छन् । उनले व्यक्तिगत खर्चमा आउँदो अप्रिल महिनामा सगरमाथाको आरोहण गर्न लागेकी हुन् । बेलायतको कोलचेष्टर अस्पतालमा नर्सका रुपमा कार्यरत उनले आफ्नो व्यक्तिगत सौख पूरा मात्र नभइ नर्सहरुको मनोवल बढाउनका लागि आफूले सगरमाथाको आरोहण गर्न लागेको बताएकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-01-11, मंगलवार
मनिष अन्जान, काठमाडौं, 2022-01-11, मंगलवार

कोरोना महामारीका कारण जारी लकडाउनमा नेपालका अधिकांश सेलिब्रेटीहरु घरको चारकुनामा नजरबन्द भए । अभिनेता पल शाहलाई भने लकडाउन हुनु चिठ्ठै परे जस्तो भयो । फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रचार-प्रसार र ‘दुई नम्बरी’ को छायांकनले गर्दा उनले म्यूजिक भिडियोमा काम गर्न पाएका थिएनन् । जसका कारण दिनहुँ लाखौं रुपैयाँ उनको हातबाट फुत्किरहेको थियो ।

एजेन्सी, मुम्बई, 2022-01-10, सोमवार

एशियाकै सबैभन्दा ‘ह्यान्डसम म्यान’ को रुपमा चिनिने बलिउड सुपरस्टार ऋतिक रोशन ४८ वर्ष (१० जनवरी, १९७४) का भएका छन् । फिल्मी ब्याकग्राउन्ड हुनुको बावजूद पनि उनलाई इन्डस्ट्रीमा आफ्नो स्थान बनाउन निकै कठिन भएको थियो । सन् २००० मा आएको फिल्म ‘कहो ना प्यार हे’ बाट बलिउडमा धमाकेदार इन्ट्री गरेका उनी अहिलेका सबैभन्दा महंगा नायकमा गनिन्छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-01-10, सोमवार

नेपालमा फिल्मको घोषणा हुनुलाई उत्साहजनक रुपमा लिइँदैन । किनभने, घोषणा भएका प्रायः फिल्म त निर्माण नै हुँदैनन् । ठूलो तामझामका साथ घोषणा भएका कति फिल्म निर्माता/निर्देशकको मनमुटावले थन्किएका छन् भने कति आर्थिक कारणले स्क्रिप्टमै रोकिएका उदाहरण छन् । यसैले छायांकन सुरु नभएसम्म घोषणा भएको नेपाली फिल्म निर्माण हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन ।

फिल्मीखबर, काठमाडौं, 2022-01-10, सोमवार

पहिलो गाँसमा नै ढुंगा चपाएका कलाकार हुन्, सुरज पाण्डे । आमा (शर्मिला पाण्डे) ले निर्माण गरेको फिल्म ‘लभ लभ लभ’ बाट उनले अभिनय करिअरको सुरुवात गरेका थिए । फिल्ममा उनको अपोजिटमा स्वस्तिमा खड्का थिइन् । ‘पशुपति प्रसाद’ जस्तो उम्दा फिल्मका निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गरेको फिल्म हलमा भने टाँट पल्टियो । सुरजको अभिनय पनि रुचाइएन ।

Results : 6091 - 6096 of 23769
Most Visited News (monthly)