Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5479 - 5484 of 24027
फिल्मीखबर, काठमाण्डौ, 2022-08-12, शुक्रवार

आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘प्रेमगन्ज’को नयाँ लिरिकल गीत सार्वजनिक भएको छ । ‘फेरि भेट होला नहोला’ बोलको गीतमा कृष्णहरि बरालको शब्द र गैरे सुरेशले संगीत छ भने स्वेच्छा ठकुरीले स्वर दिएकी छन् । गहिरो प्रेममा रहेको जोडी एकअर्काबाट छुटिएर बाँच्न नसक्ने भाव गीतले बोल्छ । गीतमा शब्द, संगीत र गायनको उत्कृष्ट संयोजन छ ।

फिल्मीखबर, काठमाण्डौ, 2022-08-12, शुक्रवार

नेपाली फिल्म क्षेत्रको सबैभन्दा पुरानो संस्था नेपाल चलचित्र संघले ‘नेपाली चलचित्रकर्मी स्मृति सम्मान २०७९’को घोषणा गरेको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच संघले सम्मान कार्यक्रम हुने मिति र सम्मान प्राप्त गर्ने व्यक्तिहरुको नामवली सार्वजनिक गर्‍यो । फिल्मसँग सम्बन्धित विभिन्न ११ वटा विधाहरुमा नेपाल चलचित्र संघले सम्मान प्रदान गर्न लागेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2022-08-12, शुक्रवार

पछिल्लो समय राजनीतिप्रति कलाकारको आकर्षण बढ्दो छ । पुराना हुन् वा नयाँ कलाकार, विभिन्न राजनीतिक पार्टीसँग आबद्ध हुँदै आएका छन् । यसैक्रममा, ‘ह्यान्डसम भिलेन’को रुपमा चिनिएका अनुपविक्रम शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शुक्रवार कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले उनलाई पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि प्रदान गरे ।

फिल्मीखबर, काठमाण्डौ, 2022-08-11, बिहिवार

आगामी भदौ ३१ गतेबाट प्रदर्शनमा आउन लागेको सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’बाट एक समयकी चर्चित अभिनेत्री तृप्ति नाडकरका छोरा धिरज टोटलानी (नाडकर) ले अभिनेताको रुपमा डेब्यू गरेका छन् । तर, फिल्मको फर्स्टलुकदेखि दुई गीत सार्वजनिक हुँदासम्म निर्माण टिमले उनलाई लुकाएको थियो । बिहीवार सार्वजनिक तीनवटा पोस्टरहरुमा भने उनी अटेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-08-11, बिहिवार

दीपेन्द्र के. खनालले निर्देशन गर्न लागेको फिल्म ‘चङ्गा चेट २’मा अभिनेता विपिन कार्की भित्रिएका छन् । बिहीवार उनीसँग निर्मात्री शर्मिला पाण्डेले कागजी सम्झौता गरेकी हुन् । विपिनले फिल्मको कथावस्तु र भूमिका मन परेपछि काम गर्न लागेको बताएका छन् । दीपेन्द्रसँग उनको यो तेस्रो जुगलबन्दी हो । यसअघि उनीहरुबीच ‘पशुपति प्रसाद’ र ‘के घर के डेरा’मा सहकार्य भएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2022-08-11, बिहिवार

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बोर्ड अध्यक्षका लागि आवेदन दिएकामध्ये नरेश कुमार पौडेलले बिहीवार अदालतमा केसीविरुद्ध रिट दायर गरेका हुन् । सर्वोच्चको वेबसाइटमा भुवनविरुद्ध रिट दर्ता भएको उल्लेख छ । अध्यक्ष पदमा आवेदन दिएका अन्य फिल्मकर्मीहरुको समर्थनमा निर्देशक समेत रहेका पौडेलले रिट निवेदन दिएको जानकारी प्राप्त छ । 

Results : 5479 - 5484 of 24027
Most Visited News (monthly)