
प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म ‘माइकल अधिकारी’को टिमले प्रचार-प्रसारलाई तीव्र बनाएको छ । तीन हप्तादेखि काठमाडौं केन्द्रित प्रचार गरिरहेको निर्माण टिमले पूर्वबाट मोफसल दौडाहा सुरु गरेको छ । शनिवार अभिनेता सौगात मल्ल र निर्माता निरक पौडेलसहितको टिमले पूर्वी नेपालका प्रमुख दुई शहर विर्तामोड र विराटनगरमा पत्रकार सम्मेलनसँगै मिनी कन्सर्ट सम्पन्न गर्यो ।

२०७२ सालको दशैंमा प्रदर्शन भएको थियो नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी’ । फिल्मको कथावस्तु दशैंसँग जोडिएको थियो । नाकाबन्दीको समयमा पनि फिल्मले बक्सअफिसमा ठूलो कमाई गर्दै प्रदर्शनको सय दिन मनाएको थियो । यो फिल्मको दोस्रो श्रृंखला ‘परदेशी २’लाई पनि निर्माण टिमले विजया दशमीलाई लक्षित गर्दै असोज १४ गतेलाई प्रदर्शन मिति तोकेको थियो ।

बडा दशैंलाई लक्षित गर्दै आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘परदेशी २’ पाँच महिना पछाडि सरेपछि यो मितिमा फिल्म ‘बाबरी’ लाग्ने भएको छ । आगामी भदौ ३१ गतेलाई प्रदर्शन मिति तोकिएको यो फिल्म दुई साता पछाडि सर्दै दशैं विदामा प्रदर्शन हुन लागेको हो । सोमवार फिल्मको ट्रेलर सार्वजनिक गर्दै असोज १४ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरिँदैछ ।

फिल्म ‘मंगलम’बाट अभिनेता पुष्प खड्काले पूर्नजन्म पाए । यो फिल्मले उनलाई सफलताको सुःख मात्र दिएन, चुनौतीपूर्ण चरित्रमा गरेको जीवन्त अभिनयले राष्ट्रिय चलचित्र अवार्ड नै दिलायो । एउटा कलाकारले अभिनयको आधारमा राष्ट्रबाट अवार्ड पाउनु सानो सफलता होइन । तर, ‘मंगलम’पछि उनले फिल्मको संख्या बढाउनबाहेक अभिनयबाट दर्शकहरुको चित्त बुझाउन असमर्थ छन् ।

अभिनेत्री रुविना थापाले डेब्यू फिल्म ‘लभ डायरिज’को एक गीत सार्वजनिक कार्यक्रममा अनुभवले खारिएको एउटा बयान दिएकी थिइन्, ‘मेरो फिल्मी ब्याकग्राउन्ड नभएकाले फिल्ममा प्रवेश गर्न सजिलो थिएन । यो फिल्मबाट अभिनेत्री बन्ने सपना त पूरा भयो तर फिल्मी दुनियाँमा अटाउन एकदमै गाह्रो छ । यद्यपि, म आफूलाई प्रमाणित गर्नका लागि अभिनयमा मिहेनत गर्न छाड्ने छैन ।’

आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘प्रेमगीत ३’को हिन्दी टिजर सार्वजनिक भएको छ । भारतीय ट्रेड एनालिस्ट कोमल नाहटाले ट्विटरमार्फत् फिल्मको हिन्दी टिजर सार्वजनिक गरेका हुन् । झन्डै एक मिनेट लम्बाईको टिजर एक्सनले भरिएको छ । अभिनेता प्रदीप खड्कालाई प्राथमिकतामा राखिएको टिजरमा उनी एक्सन अवतारमा प्रस्तुत छन् ।

