
वर्षौंदेखि प्रायः नेपाली फिल्ममा अभिनेत्रीहरुलाई शो-पिसको रुपमा प्रस्तुत गरिँदै आएको छ । हिरोको वरिपरी नाच्ने, समस्या पर्दा बचावमा चिच्याउनेबाहेक अभिनेत्रीहरुलाई गम्भीर प्रकारको भूमिकामा प्रस्तुत गर्न मेकरहरुले नै जोखिम उठाउन चाहेको देखिँदैन । यद्यपि, केही अपबाद फिल्ममा भने अभिनेत्रीहरुले वास्तवमै अलग प्रकारको भूमिकामा आफूलाई सशक्त रुपमा प्रस्तुत छन् ।

छायांकनमा निस्कँदै गर्दा फिल्म ‘दुई नम्बरी’ले आगामी कात्तिक ४ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो । भाईटीका (तिहार) को एक हप्ता लामो विदा खान फिल्मले कात्तिकलाई प्रदर्शन मिति रोजेको थियो । तर, मंगलवार निर्माण टिमले ट्रेलर बराबरको टिजर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गर्यो । अब यो फिल्म आगामी असोज २१ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

नेपाली फिल्मका छायाँकार ५५ बर्षिय विदुर पाण्डेको निधन भएको छ । पारिवारिक श्रोतका अनुसार बुधवार बिहान हृदयघातको कारण पाण्डेको निधन भएको हो । काठमाडौंको गंगालाल हृदयरोग अस्पातल लैजाँदै गर्दा उनको निधन भएको बताईएको छ ।


'घामपानी', 'छ माया छपक्कै' जस्ता सफल चलचित्र निर्देशन गरेका दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘२ नम्बरी’को टिजर रिलिज भएको छ । यसअघि कार्तिक ४ गतेलाई प्रदर्शन मिति तय गरिएको यो फिल्म रिलिज मिति हेरफेर गरि असोजको २१ गते नै रिलिज गरिने बताईएको छ ।


