Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5227 - 5232 of 23537
फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ १०, बिहिवार

अभिनेत्री वर्षा राउतको वैवाहिक जीवन चार वर्षमा टेकेको छ । उनले संजोग कोइरालासँगको करीब ८ वर्ष लामो प्रेम सम्बन्धलाई २०७५ सालको फागुनमा विवाहमा परिणत गरेकी थिइन् । प्रेम सम्बन्धमा रहँदा विवाहको प्रश्नले हैरान हुने गरेकी वर्षालाई केही समययता बच्चाको बारेमा प्रश्न आउने गरेका छन् । हुनत, विवाह बन्धनमा बाँधिएको जोडीलाई यस्ता प्रश्न आउनु स्वभाविक हो ।

फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ १०, बिहिवार

अभिनेत्री दीया पुनले गत जेठ १३ गते संसारकै अग्लो शिखर सगरमाथाको आरोहण गरिन् । निर्मल पूर्जाको टोलीसँग सगरमाथाको चुचुरोमा पहिलो पटक पाइला टेकेकी उनले करीब ४० लाख व्यक्तिगत खर्चमा सगरमाथा चढेकी हुन् । उनी सगरमाथा आरोहण गर्नुको उद्देश्य तीनवटा सामाजिक संस्थाको च्यारिटीका लागि थियो । सगरमाथाको चुचुरोमा उनले राष्ट्रिय झन्डा फहराएकी थिइन् ।

फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ १०, बिहिवार

गत साता तीन दिनको अन्तरालमा यूट्युब प्लेटफर्ममा सार्वजनिक भएका दुई गीत हुन्, फिल्म ‘बाबरी’को ‘बाबरी रंग’ र फिल्म ‘सम्हालिन्छ कहिले मन’को ‘जरुरी कुरा छ’ । यूट्युबमा रिलिज भए लगत्तै ‘सम्हालिन्छ कहिले मन’को गीतले आक्रामक भ्यूजसहित यूट्युबमा ट्रेन्डिङ यात्रा थालेको थियो । तर, ‘बाबरी’को गीतलाई तीन दिनमा दुई लाख भ्यूज कटाउन पनि धौ-धौ परेको थियो ।

फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ ९, बुधवार
असार २४ गते रिलीज हुने नेपाली फिल्म ‘दोख’को नयाँ टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका मुख्य कलाकार अभिनेत्री दिया मास्के, मनिष निरौला लगायतलाई प्रस्तुत गरिएको छ ।
फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ ९, बुधवार
चलचित्र निर्देशक नारायण पुरी पुन: नेपाली फिल्म क्षेत्रमा सक्रिय हुने योजना बनाएका छन् । लामो समय अमेरिका बसेका पुरीले एक फिल्म निर्देशन गर्दै पुनरागमन गर्ने लागेको बताईएको छ ।
फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ ९, बुधवार
अभिनेता पुष्प खड्काले व्यायाम आफ्नो लागि छुटाउनै नहुने काम जस्तै भएको बताएका छन् । खड्का हालैमात्र काठमाडौंको वौद्दस्थित एस आई फिटनेशको ब्रान्ड एम्बासडर नियुक्त भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले फिटनेशनमा बढी ध्यान दिन थालेको बताएका हुन् ।
Results : 5227 - 5232 of 23537