Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4333 - 4338 of 23526
फिल्मीखबर, काठमाडौं, २०७९ पौष २४, आईतवार

डा. भोला रिजालका छोरा डा. कपिल रिजाल निर्देशित पहिलो फिल्म ‘ह्यारी कि प्यारी’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा हाँसो र रोदनको दुईटा पाटोलाई देखाइएको छ । पैसाको पछाडि भागिरहेका जितु नेपालको साम्राज्ञी आरएल शाहसँग भेट पश्चात् आउने असोचनीय उतार-चढावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०७९ पौष २४, आईतवार

महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मित्रताको असली उदाहरण हुन् । स्वार्थका लागि मित्रता गाँसिने आधुनिक युगमा विगत ४२ वर्षदेखि उनीहरुबीच व्यक्तिगत र व्यवसायिक सम्बन्ध कायम छ । फरक पारिवारिक पृष्ठभूमिका उनीहरु एकअर्कालाई दाई र भाईको रुपमा सम्मान गर्छन् । नाटक, टेलिसिरियल हुँदै फिल्मसम्म एकसाथ काम गरेका महजोडी अभिनीत नयाँ फिल्म ‘महापुरुष’ले दुई हप्ता अगाडि हलमा ५१ दिन मनाएको छ । यसअघि पनि महजोडीका प्रायः फिल्महरुले यो रेकर्ड बनाएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०७९ पौष २४, आईतवार

‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलाँस’ गरी चार फिल्मको निर्माण गरिसकेकी कृषा चौलागाईंले अब निर्देशनमा फड्को मार्ने भएकी छन् । बलियो स्टारकास्ट लिएर उनले फिल्म ‘अ‍ैंचो-पैंचो’को निर्देशन गर्न लागेकी हुन् । सोसल-पोलिटिकल ड्रामामा निर्माण हुने यो फिल्ममा ‘बुलबुल’पछि स्वस्तिमा खड्का र मुकुन भुषालले एकसाथ स्क्रिन साझेदारी गर्दैछन् ।

फिल्मीखबर, काठमाडौं, २०७९ पौष २४, आईतवार

विगत २ वर्षदेखि अभिनेत्री पूजा शर्मा व्यवसायी युद्ध बानियाँको प्रेम सम्बन्धमा छिन् । फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिजपछि प्रेम सम्बन्धलाई खुलाउन थालेकी उनले आइतबार परेको युद्धको जन्मदिनमा सामाजिक सञ्जालमार्फत् आफ्नो मनको भाव व्यक्त गरेकी छन् । उनले इन्स्टाग्राममा युद्धसँगको केही तस्बिर राख्दै आफूले पाएको अहिलेसम्मकै सबैभन्दा राम्रो उपहार भनेकी छन् ।

फिल्मीखबर, काठमाडौं, २०७९ पौष २३, शनिवार

एकपछि अर्को फ्लप भैरहेको बलिउड फिल्म र बलिउडविरुद्ध चलिरहेको ‘बायकट ट्रेन्ड’ले यतिबेला बलिउड इन्डस्ट्री चिन्तामा छ । हालै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ मुम्बई आएको मौकामा बलिउडका हस्तीहरुसँग भेट गरेका थिए । यो दौरानमा बलिउड सुपरस्टार सुनील शेट्टीले आदित्यनाथसँग बलिउडविरुद्ध चलेको ‘बायकट ट्रेन्ड’को अन्त्य गर्नका लागि मद्दत मागेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०७९ पौष २३, शनिवार

फिल्म ‘प्रसाद’को एक कार्यक्रममा निर्देशक दिनेश राउतले भनेका थिए, ‘नाम चलेका कलाकारलाई लिँदा फिल्मको ब्रान्डिङ गर्न सजिलो हुन्छ ।’ उनको यो धारणा वास्तविक सत्य हो । चलेका कलाकारलाई लिएर फिल्म बनाउँदा दर्शकसम्म पुग्न र हलसम्म तान्न धेरै हदसम्म सहज हुने गर्छ । त्यसैले फिल्म निर्माण गर्दै गर्दा निर्माता तथा निर्देशकले सकभर क्रेज भएका कलाकार खोज्ने गर्छन् ।

Results : 4333 - 4338 of 23526