
एक वर्ष जेल जीवन विताएर गत फागुन १५ गते रिहा भएका अभिनेता पल शाह यतिबेला म्यूजिक भिडियोमा मात्र काम गरिरहेका छन् । उनलाई फिल्म प्रस्ताव पनि राम्रै पुगिरेहको छ । तर, जेलबाट छुटेपछि उनले कुनै फिल्म सम्झौता गरेका छैनन् । एउटा टिमसँग भने उनको सहकार्यको सम्भावना प्रवल छ । त्यो टिम हो, ‘प्रकाश’ फेम्ड निर्देशक दिनेश राउत र लेखक विकास सुवेदी ।

अभिनय करिअरको एक दशकभन्दा लामो अवधिमा अभिनेत्री बेनिशा हमालले पहिलो पटक हिट फिल्म भेटाएकी छन् । अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ४’को सफलताले उनको करिअरलाई नै पूर्नजीवन दिएको छ । यद्यपि, लगातार फिल्म असफल हुँदा पनि उनी कामविहीन भने कहिल्यै हुनुपरेको थिएन । यसको कारण सिर्फ एउटै हो, उनी अभिनयमा अब्बल छिन् ।

गत बैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘जारी’पछि हलमा दर्शकको चहलपहल हराएको छ । व्यापारिक सफलताको आश गरिएका फिल्मले समेत बक्सअफिसमा दम तोडिरहेका छन् । यसले फिल्म क्षेत्रमा एकखालको सन्नाटा छाएको छ । यद्यपि, हरेक हप्ता फिल्म प्रदर्शनको सिलसिला रोकिएको छैन । यो हप्ता दुई नेपाली फिल्म ‘ए साथी सुन’ र ‘डाकिनी’ प्रदर्शनमा आएका थिए ।

‘दुई नम्बरी’ र ‘छ माया छपक्कै’ जस्तो सफल फिल्मका निर्देशक दीपेन्द्र लामाद्वारा निर्देशित पाँचौं फिल्म ‘नाङ्गो गाउँ’को छायांकन सकिएको छ । दुई चरणमा खिचिएको फिल्म ३३ दिनमा सोमबार ‘प्याकअप’ भएको हो । फिल्मको दुईवटा गीत खिच्न भने बाँकी छ । फिल्मका मुख्य दुई अभिनेता दयाहाङ राई र कार्मको व्यस्तताका कारण गीतको छायांकन केही समय पछाडि सारिएको छ ।

गत बैशाख २९ गते प्रदर्शनमा आएको फिल्म ‘हल्कारा’ले आयोजना गरेको चिठ्ठी लेखन प्रतियोगिताको विजेता घोषणा गरिएको छ । प्रतियोगितामा भाग लिएकामध्ये मापदण्डमा परेका मध्येबाट तीनजना विजेता छानिएका हुन् । जसमा प्रथम पुरस्कार कास्कीका विक्रम परियार, द्वितीय पुरस्कार काठमाडौँकी बबिता थापा र तृतीय पुरस्कार मकवानपुरका बासुदेव अर्यालले प्राप्त गरेका छन् ।

फिल्म कलाकारको स्टारडमले होइन, कन्टेन्टले चल्छ भन्ने उदाहरण बनेको हिन्दी फिल्म ‘द केरला स्टोरी’ ‘अल टाइम ब्लकबस्टर’ बनेको छ । सिर्फ २८ करोडको लागतमा निर्माण भएको फिल्मले भारतीय बक्सअफिसमा २ सय करोडको आँकडा पार गरेको छ । फिल्मले प्रदर्शनको १९ दिनमा २ सय ३ करोड ४७ लाख नेट कमाएको ट्रेड एनालिस्ट तरण आदर्शले जानकारी गराएका छन् ।

