Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3745 - 3750 of 23516
फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ १२, शुक्रवार

८०/९० को दशकमा नेपाली फिल्ममा अभिनेत्री विपना थापाको रजगज थियो । गाउँले र दुःखी चरित्रमा उनी निर्विकल्प जस्तै थिइन् । एक सय बढी फिल्ममा काम गरेकी उनी भारतीय नागरिकसँग विवाह बन्धनमा बाँधिएपछि भने अभिनयबाट टाढा भइन् । सन्तान भएपछि फिल्मसँग उनको दूरी झन् बढ्यो । अब उनी करिब १७ वर्षपछि फिल्म ‘ह्रस्व दीर्घ’बाट अभिनयमा पुनरागमन गर्दैछिन् ।

फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ १२, शुक्रवार

गत बैशाख १ गते प्रदर्शनमा आएको फिल्म ‘जारी’पछि हलहरु चकमन्न छन् । हरेक हप्ता फिल्म प्रदर्शन त भैरहेका छन् तर कुनैले दर्शक तान्न सकेका छैनन् । यसबीच, फ्राइडे रिलिज अन्तर्गत यो हप्ता दुई फिल्म ‘हुक्का : एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ प्रदर्शनमा आएका छन् । दुवै फिल्मले समान हिसाबमा मल्टीप्लेक्सहरुमा शो पाएका छन् भने सिंगल थिएटर पनि बराबर जस्तै मिलेको छ ।

एजेन्सी, मुम्बई, २०८० ज्येष्ठ ११, बिहिवार

बलिउडका लोकप्रिय कलाकार आशीष विद्यार्थीले ६० वर्षको उमेरमा दोस्रो विवाह गरेका छन् । असम राज्यकी रुपाली बरुआसँग उनले बिहीबार विवाह गरेका हुन् । उनीहरुको अदालती विवाह भएको हो । रुपाली फेसन विजनेशमा आबद्ध छिन् । आशीषले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै जिन्दगीको यो विन्दूमा विवाह गर्नुलाई ‘एक्स्ट्रा-अर्डिनरी फिलिङ’को रुपमा ब्याख्या गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ ११, बिहिवार

अभिनेताद्वय सौगात मल्ल र नाजिर हुसेनले पहिलो पटक फिल्ममा काम गर्दैछन् । फिल्म ‘अगस्त्य’मा उनीहरुबीच सहकार्य भएको हो । करिब दुई हप्तादेखि दुवै फिल्मको वर्कसपमा व्यस्त छन् । मंगलबार भारतको गोरखपुरबाट छायांकन सुरु गर्न लागिएको फिल्ममा अभिनेत्री मालिका महतको पनि मुख्य भूमिका रहनेछ । सौरभ चौधरीको लेखन तथा निर्देशनमा फिल्म बन्न लागेको हो ।

फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ ११, बिहिवार

अघिल्लो वर्ष अभिनेत्री आँचल शर्माका लागि सम्झनलायक रह्यो । उनले खासै अपेक्षा नराखेको फिल्म ‘झिँगेदाउ’ हिट भयो । यसले उनको अभिनय करिअरमा एउटा इट्टा थप्ने काम गरेको छ । तर, उनलाई यस वर्षको सुरुवातमा नै झड्का लाग्यो । हिट फिल्मको छैठौं श्रृंखला ‘नाईं नभन्नू ल ६’ उनको करिअरकै सबैभन्दा ठूलो डिजास्टर बनेको छ । यो उनले कल्पनासम्म नगरेको कुरा थियो ।

फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ ११, बिहिवार

गएको दुई वर्षमा अभिनेता अनमोल केसीले झन्डै आधा दर्जन फिल्म सम्झौता गरे । त्यसमध्ये केही फिल्म उनले छाडिसकेका छन् भने केही छायांकनमा जान ढिलाइ भएका छन् । उनी गएको चैत अथवा बैशाखबाट फिल्म ‘जेरी : अन टप’को छायांकनमा आबद्ध हुने तयारीमा थिए । तर, अब यो फिल्मको निर्माण नै धकेलिएको छ । अर्को वर्ष मात्र फिल्मको छायांकन हुन सक्ने सम्भावना छ ।

Results : 3745 - 3750 of 23516