
नेपाली मुलकी अभिनेत्री अदिती बुढाथोकीले एक दर्जन बढी हिन्दी र पञ्जाबी म्यूजिक भिडियोमा काम गरिसकेकी छन् । म्यूजिक भिडियोमा उनको व्यस्तता बढ्दो छ । अब उनले हिन्दी वेब सिरिजमा फड्को मारेकी छन् । नितिन गावडेद्वारा निर्देशित ‘म्यूजिक’ नामक वेब सिरिजको तीन सिजनसम्म अदितीले मुख्य भूमिका निभाउनेछिन् । ९ दिनदेखि उनी यसैको छायांकनमा व्यस्त छिन् ।

नेपालमा कलाकारहरुलाई विभिन्न उपाधि दिने अचेल होडबाजी छ । कलाकारहरु पनि खुसी हुँदै उपाधि लिइरहेका छन् । यस्तैमा अभिनेत्री विपना थापालाई ‘युग नायिका’को उपाधि प्रदान गरिएको छ । शनिबार काठमाडौंमा आयोजित ‘स्पर्श म्यूजिक भिडियो अवार्ड’मा उनलाई अभिनयको माध्यमबाट नेपाली फिल्ममा ठूलो योगदान पुर्याएको भन्दै उक्त उपाधिबाट सम्मान गरिएको हो ।

गत चैत २४ गते प्रदर्शनमा आएको फिल्म ‘बहाव’ले घोषणा गरेको थाइल्यान्ड भ्रमणको अफर पाल्पा घर भई हाल बुटवलमा बस्दै आएकी विद्या न्यौपानेले जितेकी छन् । शुक्रबार फिल्मकी अभिनेत्री सुरक्षा पन्तले गोला प्रथाबाट विजेता छनोट गरेकी हुन् । विजेता न्यौपानेले भ्रमणका लागि दुईतर्फी हवाई भाडा र तीनतारे होटलमा बसाईसहित चार रात, पाँच दिनको प्याकेज प्राप्त गरेकी छन् ।

बाबु साहेब बलामीले निर्देशन सम्हालेको फिल्म ‘देव वाणी’को क्लाइमेक्सबाट छायांकन सुरु भएको छ । गत बुधबारदेखि बाराको सिमराबाट दृश्य खिच्न सुरु गरिएको हो । श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको क्लाइमेक्सको एक्सन दृश्यमा मुख्य कलाकारहरु सुनिल थापा, कुन्दन भारद्वाज, रविन्द्र झा, मौसम पौडेल र अनुजा लेप्चा प्रस्तुत छन् । फिल्ममा सुनिल थापा भिलेनको भूमिकामा छन् ।

अभिनेता सौगात मल्ल यतिबेला करिअरको उत्कर्षमा छन् । उनलाई लिएर फिल्म बनाउन निर्माताहरु ‘क्यू’मा बसेका छन् । गत वर्ष ‘कबड्डी ४’ र ‘दुई नम्बरी’ सफल भएपछि उनको व्यस्तता थप बढेको छ । अहिले उनको पाइपलाइनमा मात्र आधा दर्जन बढी फिल्म छन् । सबै फिल्मका निर्माता उनकै समय पर्खेर बसेका छन् । उनलाई भने फिल्मको सेड्युल मिलाउन सकस भैरहेको छ ।

केही नेपाली फिल्मको भाग्य अनौठो हुन्छ । हलमा दर्शक अभावले शो समेत ‘क्यान्सिल’ भएको फिल्मले युट्युब रिलिजमा ‘हिट’को ट्याग पाउँछ । यसको कारण हो, हलमा पैसा तिरेर हेर्नुपर्ने फिल्म युट्युबमा सित्तैमा हेर्न पाइन्छ । सित्तैमा पाए मान्छेले अलकत्रा त पचाउन सक्छ भने फिल्म कसले छाड्छ ? यसैले आजकाल नेपाली फिल्महरु हलमा भन्दा ज्यादा युट्युबमा हिट हुने गरेका छन् ।

