Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3721 - 3726 of 23944
फिल्मीखबर, काठमाडौं, 2023-09-10, आईतवार

यही भदौ २९ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘एक भगवत् गीता’ले नामलाई लिएर उत्पन्न विवादका कारण चलचित्र विकास बोर्डबाट सेन्सर सिफारिस पाउन सकेको छैन । केही हिन्दूवादी संगठनहरुले फिल्मको नाम परिवर्तनको माग गर्दै सिंहदरवारसम्म पुगेर निवेदन बुझाएपछि बोर्डबाट फिल्मले सेन्सर सिफारिस नपाएको हो । तालुकवाला निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विवाद मिलाउन निर्देशन दिएपछि बोर्ड दबाबमा छ ।

फिल्मीखबर, काठमाडौं, 2023-09-09, शनिवार

अभिनेता विपिन कार्कीको एउटा विशेषता छ । उनी जुनसुकै चरित्रमा आफूलाई सजिलै ढाल्न सक्छन् । आफ्नो उमेरभन्दा दोब्बर बढीको चरित्र होस् वा हाँस्य चरित्र, हरेकमा उनले आफूलाई अब्बल प्रमाणित गरेका छन् । यसैले त उनलाई नेपाली फिल्म क्षेत्रले पाएको जीवन्त कलाकार भन्ने गरिन्छ । एकपटक फेरि उनले नयाँ चरित्रमा आफूलाई ढालेका छन्, फिल्म ‘एक भगवत् गीता’मा ।

फिल्मीखबर, काठमाडौं, 2023-09-09, शनिवार

गत असार २१ गते घरमा मृत भेटिएका अभिनेता सारुक ताम्राकारको न्यायको माग गर्दै समर्थकहरुले शान्तिपूर्ण र्‍याली निकालेका छन् । शनिबार बिहान साढे ९ बजेतिर सारुकको घर रहेको क्षेत्र ज्ञानेश्वर चोकदेखि मालीगाउँसम्म मौन र्‍याली निकालिएको थियो । र्‍यालीमा सहभागी अधिकांशले ‘जस्टिस फर सारुक’ र ‘जस्टिस फर सारुकस् मदर’ लेखिएको सेतो रंगको टिसर्ट लगाएका थिए ।

फिल्मीखबर, काठमाडौं, 2023-09-08, शुक्रवार

गत वर्ष करिब ५ वर्ष लामो प्रेम सम्बन्धलाई टुंग्याएका अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठ ब्रेकअपपछि पहिलोचोटी एक सार्वजनिक कार्यक्रममा आमने-सामने भएका छन् । शुक्रबार इटालीको ‘भेनिस फिल्म फेस्टिभल’मा सहभागी हुने क्रममा उनीहरु एकसाथ देखिएका हुन् । उनीहरुको मुख्य भूमिका रहेको फिल्म ‘द रेड सुटकेस’को उक्त फेस्टिभलमा शुक्रबार साँझ विश्व प्रिमियर हुँदैछ ।

फिल्मीखबर, काठमाडौं, 2023-09-08, शुक्रवार

अभिनेता अनमोल केसीको लुक्सको जति चर्चा हुन्छ, त्योभन्दा बढी अभिनयको आलोचना हुन्छ । १० वर्ष लामो अभिनय करिअरमा उनले जीवन्त अभिनय गरेको फिल्म सिला खोज्दा पनि भेटिन्न । यसैले त हरेक फिल्ममा उनलाई सहायक कलाकारहरुले छायाँमा पारिरहेका छन् । अभिनयमा परिपक्वता नदेखिए पनि उनको हातमा हरेक वर्ष अवार्ड भने टुटेको छैन । र, यसैमा दंग छन् उनी ।

फिल्मीखबर, काठमाडौं, 2023-09-08, शुक्रवार

हिन्दू धर्मको पवित्र ग्रन्थमध्ये एक ‘श्रीमद् भागवद् गीता’को नाममा फिल्म निर्माण भएकोमा आपत्ति जनाउँदै केही सनातन धर्मका संस्थाहरुले सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डमा नाम परिवर्तनको माग राख्दै निवेदन बुझाएपछि फिल्म ‘एक भगवत् गीता’ले बोर्डबाट सेन्सर सिफारिस पाउन सकेको छैन । बरु बोर्डले निर्मातालाई फिल्मको नाममा आपत्ति जनाएका संस्थाहरुसँग सहमति गर्नका लागि दबाब दिइरहेको छ ।

Results : 3721 - 3726 of 23944