Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3733 - 3738 of 23516
फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ १५, सोमवार

‘विजयपथ’, ‘आवेग’, ‘मेला’, ‘राजनीति’ आदि फिल्मका निर्देशक वसन्त निरौलाले नयाँ फिल्म ‘ज्वाइँ साब’को निर्देशकीय जिम्मेवारी सम्हाल्ने भएका छन् । उनले सोमबार खोटाङको धार्मिकस्थल हलेसी महादेव मन्दिरमा पूजाआजा गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । रेड आई फिल्मस्को प्रस्तुति रहेको फिल्मको छायांकन केही महिनापछि सुरु हुने निर्देशक निरौलाले जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ १५, सोमवार

गत वर्षको भदौ १० गते प्रदर्शनमा आएको फिल्म ‘द सेक्रेट्स अफ राधा’लाई चार दिनमै निर्माताले हलबाट उतारेका थिए । हलले शोज बाँडफाँडमा अन्याय गरेको भन्दै फिल्मको प्रदर्शन स्थगित गरिएको थियो । त्यही बेला निर्माता तथा निर्देशक सुवर्ण थापाले अनुकूल समय हेरेर फिल्मलाई पुनः रिलिज गरिने बताएका थिए । अब आगामी भदौ २९ गते फिल्म पुनः प्रदर्शन हुने भएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ १५, सोमवार

गत बैशाख २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘हल्कारा’ले उम्दा प्रतिक्रियाका बावजूद दर्शकको राम्रो साथ पाउन सकेन । दोस्रो हप्ताबाट प्रायः मल्टीप्लेक्सहरुले फिल्मलाई उतारेका थिए । तर, सुन्धारास्थित सिडिसी सिनेमामा भने फिल्मले एक शो पाइरहेको थियो । दोस्रो हप्तामा एउटा मात्र हलमा चलेको फिल्मलाई तेश्रो हप्तादेखि सिडिसी सिनेमाले नै एक शो थपेर दुई शो बनाएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ १५, सोमवार

नेपाली फिल्ममा सबैभन्दा बढी रुचाइएको जोडी हुन्, राजेश हमाल र करिश्मा मानन्धर । फिल्म ‘भाउजु’मा पहिलो पटक एकसाथ काम गरेका उनीहरुको त्यसपछि दर्जनौं फिल्ममा जोडी बाँधियो । उनीहरुको केमेस्ट्री यतिसम्म मिलेको थियो कि दर्शकहरुले ‘रियल कपल’ नै ठान्थे । त्योबेला फिल्मको हिरो-हिरोइन भनेका राजेश हमाल र करिश्मा मानन्धर मात्र हुन् भन्ने आमबुझाइ थियो ।

एजेन्सी, मुम्बई, २०८० ज्येष्ठ १४, आईतवार

प्रदर्शनभन्दा अगाडिदेखि नै ठूलो विवादमा घेरिएको फिल्म ‘द केरला स्टोरी’ले बक्सअफिसमा भने जबर्जस्त कमाई गरिरहेको छ । भारतीय बक्सअफिसमै २ सय करोडभन्दा बढीको कमाई गरिसकेको फिल्मको कथावस्तुलाई लिएर दर्शकदेखि फिल्म स्टारसम्म दुई खेमामा बाँडिएका छन् । एकथरीले फिल्मले उठाएको विषयको खुलेर समर्थन गरेका छन् त अर्काथरीले विरोध जनाएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ १४, आईतवार

विश्वमै हलको विकल्पको रुपमा ओटीटी प्लेटफर्मलाई लिन थालिएको छ । कोरोना महामारीपछि त दर्शकहरुको यसतर्फ आकर्षण बढ्दो छ । नेटफ्लिक्स, प्राइम भिडियो, डिज्नी प्लस, हुलु जस्ता ओटीटी प्लेटफर्ममा विश्वकै ठूला फिल्महरु रिलिज भैरहेका छन् । कति फिल्महरु त हलमा नभइ सिधै ओटीटीमा रिलिज हुने गरेका छन् । आम्दानीका लागि ओटीटी बलियो माध्यम बनिरहेको छ ।

Results : 3733 - 3738 of 23516