Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3667 - 3672 of 23515
फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ ३०, मंगलवार

हरेक कलाकारको आ-आफ्नो ‘कम्फर्ट जोन’ हुन्छ । कसैको लभस्टोरीमा त कसैको एक्सनमा । तर, ‘कम्फर्ट जोन’मा नयाँ चिज र नयाँ प्रयोग हुँदैन । हुन्छ त, एकैखालको भूमिका अनि एउटै शैलीको अभिनय । जसले गर्दा कलाकारले आफैंलाई चिन्न पाउँदैनन् । यसअर्थ ‘कम्फर्ट जोन’ हानिकार हो । यसबाट बाहिर निस्किएर पनि काम गर्न सक्नुपर्छ । जसरी अभिनेता सोनम तोप्देनले गरे ।

फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ ३०, मंगलवार

अभिनेत्री अदिती बुढाथोकी नेपाली फिल्मसँगै बलिउडमा पनि आफूलाई स्थापित गर्न संघर्षरत छिन् । ‘कृ’ र ‘बाबरी’ गरी दुईवटा नेपाली फिल्ममा काम गरिसकेकी उनको सपना अब बलिउड फिल्ममा प्रवेश गर्ने हो । त्यसका लागि उनले म्यूजिक भिडियो र वेब सिरिजबाट आफूलाई चिनाउने र निखार्ने काम गरिरहेकी छन् । अहिले उनी हिन्दी वेब सिरिज ‘म्यूजिक’को सुटिङमा व्यस्त छिन् ।

फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ ३०, मंगलवार

यही शुक्रबारबाट प्रदर्शनमा आएको फूलमान वलद्वारा निर्देशित फिल्म ‘नीरफूल’ले नेकपा एमालेका नेता भीम रावललाई नक्कली शरणार्थी प्रकरणको घटनाक्रम सम्झाएको छ । सोमबार काठमाडौंको वान् सिनेमाजमा आयोजित विशेष शोमा उनले फिल्मको कथा भूकम्पले सिर्जित परिस्थितिमा आधारित भएपनि अहिलेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई पनि ताजा गराएको बताए ।

फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ २९, सोमवार

नेपाली र हिन्दी भाषामा बनेको फिल्म ‘परस्त्री’ आगामी असार १५ गतेबाट नेपाल र भारतका हलमा एकसाथ प्रदर्शनमा आउँदैछ । निर्मात्री शर्मिला पाण्डेका अनुसार, फिल्म भारतका ७ सयभन्दा बढी स्क्रिनमा रिलिज हुने निश्चित भैसकेको छ । नेपालका हलमा फिल्मको हिन्दी डब पनि रिलिज गरिने भएको छ । त्यसका लागि अहिले निर्माण टिम कागजपत्र मिलाउन दौडधुप गरिरहेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ २९, सोमवार

फिल्म ‘युगदेखि युगसम्म’मा यो एउटा सर्वप्रिय गीत छ, ‘आँधीले रोक्न सक्दैन, बाढीले छेक्न सक्दैन ।’ यो गीतले भन्न खोजेको कुरा केही नेपाली फिल्मको हकमा मिल्छ, जसलाई जे-जस्ता अवरोध आए पनि कुनै फरक परेन । गत वैशाख १ गते प्रदर्शनमा आएको फिल्म ‘जारी’ यसको उदाहरण हो । केही आशातित नेपाली र विदेशी फिल्मको चुनौतीका बावजूद पनि ‘जारी’को कमाई जारी छ ।

फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ २९, सोमवार

फिल्मको भाग्य पनि अनौठो हुन्छ । अपेक्षा नै नगरेका फिल्म सफल हुन्छन् । अनि ठूलो अपेक्षा राखिएका फिल्मले लगानीको एक तिहाई पनि उठाउँदैनन् । अभिनेत्री केकी अधिकारीका दुई फिल्म ‘झिँगेदाउ’ र ‘प्रसाद २’को हकमा यस्तै भयो । अघिल्लो वर्षको ‘झिँगेदाउ’प्रति सम्भवतः उनलाई त्यति ठूलो अपेक्षा थिएन । ‘आगो बिना बिँडी जल्दैन’ गीतबाहेक फिल्मको खासै चर्चा पनि थिएन ।

Results : 3667 - 3672 of 23515