Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीपको जिज्ञासा- ‘फिल्मलाई सञ्चार मन्त्रालयअन्तर्गत किन राखियो ?’

फिल्मीखबर, काठमाडौं, 2024/01/17

pradeep khadka

 

फिल्मलाई कला-संस्कृति तथा पर्यटन प्रवर्द्धनको माध्यमको रुपमा लिने गरिन्छ । यसैले विश्वका धेरै देशले फिल्मलाई संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गत राखेका छन् । नेपालमा भने फिल्मलाई सञ्चार मन्त्रालयले हेर्छ । जसले गर्दा राज्यले फिल्मलाई प्रचारको माध्यमको रुपमा मात्र लिएको देखिन्छ । यसैले फिल्मलाई संस्कृति मन्त्रालयमा राख्नुपर्ने माग फिल्मकर्मीहरुले गर्दै आएका छन् ।

यसबीच, अभिनेता प्रदीप खड्काले पनि फिल्मलाई सञ्चार मन्त्रालयअन्तर्गत राखिएकोमा आपत्ति जनाएका छन् । उनले मंगलबार निफको एक कार्यक्रममा फिल्मलाई संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गत राख्नुपर्नेमा जोड दिए । चलचित्र विकास बोर्ड सञ्चार मन्त्रालयअन्तर्गत रहँदा राज्यले फिल्मलाई प्रोपगन्डाको रुपमा मात्र हेरिरहेको त छैन भन्ने आशंका पनि उनले व्यक्त गरेका छन् ।

उनी भन्छन्, ‘मेरो बुझाइमा फिल्म भनेको कलाको समिश्रण नै हो । फिल्ममा साहित्यका विभिन्न विधाहरु पर्छन् । कथा लेखनदेखि अभिनयसम्म पर्छ । फिल्ममा कलाको समिश्रण पनि छ र पर्यटन प्रवर्द्धनमा पनि ठूलो भूमिका खेलेको छ । तर, फिल्म चाहिँ गएर बसेको छ सञ्चार मन्त्रालयअन्तर्गत । फिल्म सञ्चारको माध्यम बढी हो या कला-संस्कृति र पर्यटनको हो भन्नेमा मलाई जिज्ञासा छ ।’

पर्यटन मन्त्रालय संलग्न हुँदा फिल्मबाट नेपालको सौन्दर्यलाई प्रचार गर्न सकिने प्रदीपको बुझाई छ । ‘सञ्चार मन्त्रालयअन्तर्गत हुँदा फिल्मलाई कतै प्रोपगन्डाको रुपमा मात्र हेरियो कि ! संस्कृति मन्त्रालयअन्तर्गत हुँदा फिल्मलाई कला प्रवर्द्धन गर्ने माध्यमको रुपमा हेरिन्थ्यो कि,’ उनी भन्छन्, ‘पर्यटन तथा संस्कृति मन्त्रालय जोडिँदा फिल्मबाट हामीले नेपालको सौन्दर्यलाई प्रचार गर्न सक्छौं कि !’

Most Visited News (monthly)