Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3463 - 3468 of 23943
फिल्मीख, काठमाडौं, 2023-11-17, शुक्रवार

तिहारको अवसर पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको निश्चल बस्नेतद्वारा निर्देशित फिल्म ‘दिमाग खराब’ले नेपालमा सुखद् व्यापार गरिरहेको अवस्थामा शुक्रबारबाट मध्यपूर्वका देशहरुमा पनि प्रदर्शन सुरु भएको छ । दुबई, बहराइन र कतारमा एकसाथ फिल्म प्रदर्शनमा आएको वितरक अनिशसिंह ठकुरीले जानकारी दिए । साथै, फिल्मले सुखद् ‘ओपनिङ’ गरेको उनको दाबी छ ।

फिल्मीखबर, काठमाडौं, 2023-11-17, शुक्रवार

ट्राफिक नियम र प्रहरीको कथामा आधारित भएर निर्माण भएको यज्ञजंग विके (आयुष बिसी) निर्देशित फिल्म ‘रेड अन’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार युट्युबमार्फत् सार्वजनिक १ मिनेट ४३ सेकेण्ड लम्बाईको टिजरमा इमानदार र निडर प्रहरीको कथालाई प्रस्तुत गरिएको छ । फिल्मले ट्राफिक नियमलाई पालन गर्नुपर्ने सन्देश दिने निर्देशक यज्ञजंगले जानकारी दिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-11-16, बिहिवार

फिल्म ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कडेल र निर्देशक निश्चल बस्नेतले विदेशी फिल्म (टाइगर ३) बराबर शोज र फिल्म चलुन्जेल निर्मातालाई ५० प्रतिशत शेयर नदिए शुक्रबारबाट फिल्मलाई उतार्ने घोषणा गरेका थिए । यस विषयमा बिहीबार प्रदर्शक र वितरकहरुको संस्था नेपाल चलचित्र संघ र निर्माताबीच भएको छलफलपछि मंगलबारसम्म प्रदर्शन नरोक्ने सहमति भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-11-15, बुधवार

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘दिमाग खराब’ले ओपनिङ कमजोर गरे पनि तिहार विदामा व्यापार बढाएको छ । फिल्मको ‘वर्ड अफ माउथ’ राम्रो छ । तर, आइतबारबाट प्रदर्शनमा आएको बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘टाइगर ३’का कारण मल्टीप्लेक्सहरुमा फिल्मको शो खुम्चिन पुगेको छ । यो अवस्थामा फिल्मलाई लगानी सुरक्षित गर्न नै मुश्किल पर्ने देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-11-15, बुधवार

नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाईटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने भाईटीकामा दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरंगी टीका लगाएर मनाइन्छ । र, यस दिन दिदीबहिनीले टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई सप्तरंगी टीका लगाउने प्रचलन रहेको छ ।

एजेन्सी, मुम्बई, 2023-11-14, मंगलवार

सुपरस्टार सलमान खान र कैटरीना कैफ स्टारर फिल्म ‘टाइगर ३’ले भारतीय बक्स अफिसमा सुनामी ल्याएको छ । लक्ष्मीपूजाको अवसर पारेर आइतबारबाट प्रदर्शनमा आएको फिल्मले ४३ करोडको सानदार ओपनिङ गरेको थियो । लक्ष्मीपूजाको दिन भारतमा फिल्मको व्यापार खासै हुँदैन । किनकि, प्रायः पूजाआजामा व्यस्त हुने गर्छन् । यसका बावजूद फिल्मले ठूलो अंक जोडेको थियो ।

Results : 3463 - 3468 of 23943