Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3457 - 3462 of 23513
फिल्मीखबर, काठमाडौं, २०८० श्रावण १५, सोमवार

गएको एक वर्षमा व्यक्तिगत जीवनमा ठूलो उतार-चढावको सामना गरेकी अभिनेत्री वर्षा सिवाकोटीले २ वर्षको विश्रामपछि फिल्म ‘कामिनो’ साइन गरेकी थिइन् । उनले पहिलो पटक अभिनेता प्रदीप खड्कासँग काम गर्दै थिइन् । असारबाट छायांकनको तयारी गर्दै वर्कसप समेत भयो । तर, अब फिल्मको निर्माण नै अन्योल बनेको छ । एकपछि अर्को कलाकारले फिल्म छाडिसकेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण १५, सोमवार

एउटा चर्चित उखान छ, ‘साँढेको जुधाईमा बाच्छाको मिचाई ।’ यो उखान अभिनेता मुकुन भुषालको हकमा दुरुस्तै चरितार्थ भएको छ । निर्माताहरुको जुधाईमा उनी भने नराम्रोसँग मिचाईमा परेका छन् । आगामी भदौ १४ गते उनी अभिनीत दुई फिल्म ‘गणपति’ र ‘ऐँचो पैँचो’ एकसाथ प्रदर्शनमा आउँदैछ । दुवै फिल्म फरक-फरक विषयमा बनेको भए पनि दुवै फिल्मको केन्द्रमा मुकुन छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण १४, आईतवार

अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणको गुत्थी सुल्झिन सकेको छैन । उनको निधन लगत्तै परिवारले छानबिनका लागि दिएको निवेदनको आधारमा प्रहरीले अनुसन्धानलाई जारी राखेको भए पनि कुनै उपलब्धि देखिएको छैन । प्रहरीले अनुसन्धानलाई गम्भीर रुपमा अगाडि नबढाएको भन्दै आइतबार दिउँसो सारुककी आमा किटानी जाहेरी दिन प्रहरी कार्यालय टेकु पुगेकी थिइन् ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण १४, आईतवार

गत असार २१ गते रातोपुलस्थित घरमा मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारको मोबाइलको नोटप्याडमा सुसाइड नोट भेटिएको छ । सारुकको मोबाइललाई परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाउँदा आएको रिपोर्टमा सुसाइड नोट भेटिएको प्रहरीले जानकारी गराएको छ । सुसाइड नोटमा सारुकले विवाद ननिकाल्न र कसैलाई दुःख नदिन प्रहरीसँग आग्रह गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण १४, आईतवार

गत असार २१ गते घरमा मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारका पिता सानु ताम्राकार स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । शनिबार उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । छोरा सारुकको निधनपछि उनी विक्षिप्त बनेका छन् । छोराको निधनको चिन्ताले उनी बिरामी परेका हुन् । उनलाई पहिल्यैदेखि ढाड दुख्ने समस्या भने थियो ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण १४, आईतवार

अभिनेता सलोन बस्नेतले ठूलो अपेक्षा राखेको फिल्म हो, ‘जय हो’ । यो फिल्म व्यावसायिक रुपमा सफल भएको खण्डमा उनलाई सहायक चरित्रमा सीमित हुनुपर्ने बाध्यता हट्नेछ । पिता शोभित बस्नेत प्रस्तुतकर्ता भएकाले उनलाई यो फिल्म सफल हुर्नैपर्ने दबाब पनि छ । यसैले उनी फिल्म रिलिजको एक महिना अगावैदेखि प्रचारमा उत्रिएका थिए । तर, शुक्रबार उनी अष्ट्रेलिया उडे ।

Results : 3457 - 3462 of 23513