Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3451 - 3456 of 23943
फिल्मीखबर, काठमाडौं, 2023-11-22, बुधवार

यस वर्ष अभिनेत्री वर्षा सिवाकोटीका लागि सुखद् बन्यो । ७ वर्षपछि उनले हिट फिल्म पाएकी छन् । दशैंको अवसर पारेर असोज २६ गते प्रदर्शन भएको फिल्म ‘परदेशी २’ व्यावसायिक रुपमा सफल हुँदा उनको करिअरलाई ठूलो राहत मिलेको छ । श्रृंखलाबद्ध रुपमा फिल्म असफल भैरहँदा पनि उनी कामविहीन भने हुनु परेको थिएन । फिल्म तथा म्यूजिक भिडियोमा राम्रै व्यस्तता थियो ।

फिल्मीखबर, काठमाडौं, 2023-11-22, बुधवार

कात्तिक २४ गतेदेखि प्रदर्शनमा उत्रिएको फिल्म ‘दिमाग खराब’का निर्देशक निश्चल बस्नेत र निर्माता रौनक विक्रम कडेलले विदेशी फिल्मसरह शोज र फिल्म चलुन्जेल निर्मातालाई ५० प्रतिशत सेयर नदिए प्रदर्शन रोक्ने घोषणा गरेपछि फिल्म क्षेत्रमा ठूलै हलचल आयो । निर्मातादेखि कलाकारसम्म फिल्मले गरेको निर्णयको पक्षमा उभिएपछि प्रदर्शक र वितरकलाई ठूलो दबाब सिर्जना भयो ।

फिल्मीखबर, काठमाडौं, 2023-11-21, मंगलवार

मंसिर २९ गतेबाट प्रदर्शनमा आउन लागेको उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को एक गीत दुई दिन लगाएर काठमाडौंको ठमेलस्थित १० एक्स क्लबमा छायांकन गरिएको छ । ‘ए मेरा बाबै नि’ बोलको डान्सिङ गीतमा फिल्मका मुख्य अभिनेता इओन लिम्बुले नृत्य गरेका छन् भने उनलाई अभिनेत्री वर्षा सिवाकोटीले साथ दिएकी छन् । फिल्मको यो गीतमा मात्र वर्षा देखिनेछिन् ।

फिल्मीखबर, काठमाडौं, 2023-11-21, मंगलवार

गण्डकी प्रदेशका सांसद् तथा पूर्व खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे)ले फिल्म ‘कंगारु’ निर्माण गर्ने भएका छन् । सस्पेन्स, थ्रिलर र कमेडी जनरामा बन्न लागेको फिल्मको निर्देशन भने सम्राट बस्नेतले गर्नेछन् । द्वन्द्व निर्देशनमा स्थापित उनले यस अगाडि ‘पासवर्ड’ र ‘लाखे’ गरि दुई फिल्मको निर्देशन गरिसकेका छन् । फिल्मको स्क्रिप्ट लेखनमा मात्रै २ वर्ष लागेको उनको भनाई छ ।

एजेन्सी, मुम्बई, 2023-11-21, मंगलवार

६ वर्षदेखि एउटा ‘क्लिन हिट’ फिल्मको पखाईमा थिए, सुपरस्टार सलमान खान । उनलाई ठूलो आशा फिल्म ‘टाइगर ३’लाई लिएर थियो । सुपरहिट फिल्मको श्रृंखला भएकाले सफलताको सम्भावना उच्च थियो । तर, क्रिकेट वर्ल्डकपको प्रभाव र फिल्म आफैंमा कमजोर हुँदा फ्लपको खतरा बढेको छ । ३ सय करोडको लागतमा बनेको फिल्मलाई लगानी उठाउन पनि कठिन भइरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-11-21, मंगलवार

आगामी फागुन २५ गते महाशिवरात्रीको दिनबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रङ्गेली’मा अभिनेता दयाहाङ राई ग्याङस्टार भूमिकामा प्रस्तुत हुँदैछ । उनको अपोजिटमा रहेकी अभिनेत्री मिरुना मगरले भने थारु युवतीको भूमिका निर्वाह गरेकी छन् । मंगलबार सार्वजनिक गरिएको पोस्टरमा उनलाई ‘जुनकिरी’को रुपमा चिनाइएको छ । उनी निराश र भावुक भावमा प्रस्तुत छिन् ।

Results : 3451 - 3456 of 23943