मिति : २०८१ वैशाख १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

केकीको ‘बोक्सीको घर’का लागि प्रकाशले तयार पारे गीत

फिल्मीखबर, काठमाडौं, 2024/03/31

keki adhikari and prakash saput

 

फिल्म ‘परदेशी २’ र ‘बदला बरी लै’ गीतको सफलतापछि अभिनेत्री केकी अधिकारी र गायक तथा अभिनेता प्रकाश सपूतबीच पुनः एकपटक सहकार्य भएको छ । केकीको निर्माण तथा अभिनय रहेको फिल्म ‘बोक्सीको घर’का लागि प्रकाशले ‘बुझिनँ मैले’ बोलको एक गीत पारेका छन् । गीतमा गायक सपूतको शब्द तथा संगीत छ भने गायनमा उनलाई समीक्षा अधिकारीले साथ दिएकी छन् ।

यो गीतको यसै साता भिडियो छायांकन पनि भइसकेको छ । गीतमा केकी स्वयं देखिएकी छन् । फिल्मकै लुक्समा उनले अभिनय गरेकी छन् । भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी छ । यो गीत दर्शकका लागि पृथक लाग्ने गायक सपूतको विश्वास छ । उनले तयार गर्ने गीत अक्सर चर्चामा आउने गरेका छन् । यसैले केकीले फिल्मको गीतका लागि प्रकाशको साहरा लिएको हुन सक्छिन् ।

करिब आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’मा आधारित भएर निर्माण भएको फिल्ममा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ । फिल्ममा केकीसँगै सुलक्षण भारती, सुपला सापकोटा, श्वेच्छा राउत, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । महिलालाई बोक्सीको आरोप लगाएर समाजले उनीहरुमाथि गर्ने शोषणको कथामा फिल्म आधारित छ ।

फिल्मको निर्मातामा केकीका बाबु तथा निर्देशक बद्री अधिकारी छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् । आगामी बैशाख १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन, लोचन रिजालको ब्याकग्राउण्ड म्यूजिक र लोकेश बज्राचार्यको सम्पादन छ । फिल्मलाई नेपाल प्रदर्शनपछि अन्तर्राष्ट्रिय फेस्टिभलमा सहभागी गराउने केकीको योजना छ ।