Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2647 - 2652 of 23652
एजेन्सी, काठमाडौं, 2024-03-19, मंगलवार

बलिउडमा सय करोडलाई फिल्म सफलताको मानक मान्ने गरिन्छ । तर, वर्षमा एकाध फिल्मले मात्र यो बेन्चमार्क पार गर्छन् । त्यो पनि ठूला स्टारका फिल्मले । बलिउडमा सबैभन्दा बढी सय करोड फिल्म दिने अभिनेतामा सलमान खान पर्छन् । उनको १७ वटा फिल्मले यो आँकडा नघाएको छ । दोस्रो स्थानमा अभिनेता अक्षय कुमार छन्, जसको १६ वटा फिल्मले सय करोड कमाएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-03-19, मंगलवार

अभिनयमा पारंगत मानिएका अभिनेता हरिवंश आचार्यले आफ्नो ५० वर्ष लामो करिअरमा विभिन्न चरित्र निर्वाह गरेका छन् । चाहे सकारात्मक होस् वा नकारात्मक, उनले निभाउने चरित्रमा समाज र देशको छायाँ भेटिन्छ । गत वर्ष फिल्म ‘महापुरुष’मा आदर्श पात्र भएर काम गरेका उनी यही चैत ९ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ फिल्म ‘महाजात्रा’मा भ्रष्ट नेताको भूमिकामा छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-03-19, मंगलवार

सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ)मा अभिनेता विपिन कार्की र अभिनेत्री सुरक्षा पन्त उत्कृष्ट घोषित भएका छन् । सोमबार महोत्सवको समापन समारोहमा विपिनले फिल्म ‘एक भागवत एक गीता’बाट उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे भने फिल्म ‘बुलाकी’बाट सुरक्षाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । उत्कृष्ट फिल्म पनि ‘बुलाकी’ बन्न सफल भएको छ । र, यही फिल्मबाट लक्ष्मण सुनारले उत्कृष्ट निर्देशकको अवार्ड पनि प्राप्त गरे ।

फिल्मीखबर, काठमाडौं, 2024-03-18, सोमवार

नेपालमा बनेका सिक्वेलमध्ये अर्थपूर्ण मानिन्छ, ‘जात्रा’ श्रृंखला । यसको दोस्रो सिक्वेलमा कथा र पात्र दुवैले निरन्तरता पाएका थिए । र, कथालाई न्याय गर्न सफल थियो । अब तेस्रो सिक्वेल ‘महाजात्रा’ यही चैत ९ गतेबाट प्रदर्शनमा आउँदैछ । अघिल्ला दुई श्रृंखला पैसा र सुनमा केन्द्रित थिए । तेस्रो सिक्वेलमा पनि पैसा त छ तर राष्ट्रिय मुद्धालाई पनि उठाउन खोजिएको ट्रेलरले प्रष्ट संकेत गर्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-03-18, सोमवार

महाशिवरात्रिको दिनबाट नेपालमा प्रदर्शनरत फिल्म ‘उपहार’ले अब विदेश प्रदर्शन सुरु गरेको छ । त्यसको सुरुवात अमेरिकाको कोलोराडो राज्यबाट भएको छ । आइतबार हार्किन्स थिएटरमा आयोजित फिल्मको पहिलो शोजमा दर्शक ‘ओभरफ्लो’ भएको अभिनेत्री रेखा थापाले जानकारी गराइन् । उनका अनुसार, फिल्म हेर्न गएका ४० प्रतिशत दर्शक टिकट अभावले फर्किएका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2024-03-18, सोमवार

अहिलेका ‘स्टार’ अभिनेता प्रदीप खड्का र अभिनेत्री बेनिशा हमाल पहिलोपटक फिल्ममा एकसाथ देखिने भएका छन् । ‘अन्तिम संस्कार’ फेम्ड निर्देशक प्रदीप शाहीको आगामी फिल्ममा उनीहरुको जोडी बाँधिन लागेको हो । प्रदीपसँग अघिल्लो साता (फागुन २७ गते) उनकै जन्मदिनको दिन निर्माण टिमले कागजी सम्झौता गरेको थियो भने बेनिशालाई यसै साता अनुबन्धित गरिएको हो ।

Results : 2647 - 2652 of 23652
Most Visited News (monthly)