मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2647 - 2652 of 22675
फिल्मीखबर, काठमाडौं, २०८० श्रावण ७, आईतवार

यम शेर्पाको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म ‘कार्साङ’बाट छिरिङ शेर्पाले अभिनेत्रीको रुपमा डेब्यू गर्ने भएकी छन् । उनीसँग शेर्पा समुदायमा बनेका केही फिल्म तथा म्यूजिक भिडियोमा अभिनय गरेको अनुभव छ । विश्वकै सर्वाधिक उचाइँ (कालापत्थर)मा नृत्य तथा कोरियोग्राफी गरेर गिनिज बुकमा नाम समेत लेखाइसकेकी शेर्पा ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता पनि हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण ७, आईतवार

गत बैशाखमा प्रदर्शनमा आएको फिल्म ‘जारी’पछि नेपाली फिल्मको अवस्था नाजुक छ । आशातित फिल्मले समेत लगानीको एक तिहाई सुरक्षित गर्न सकेका छैनन् । अब भदौअघिसम्म फिल्म क्षेत्र कोमामा रहने विश्लेषण भैरहँदा अघिल्लो हप्तादेखि प्रदर्शनरत फिल्म ‘बगान’ले थोरबहुत आशा जगाएको छ । कमजोर ओपनिङ गरेको फिल्मले कछुवाको गतिमा व्यापार बढाउँदै लगेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण ७, आईतवार

नेपाली फिल्म क्षेत्रमा दुई समुहको वर्चश्व छ । एउटा हो, दीपकराज गिरीको ‘छक्का पञ्जा’ समुह । र, अर्को हो, रामबाबु गुरुङको ‘कबड्डी’ समुह । यी दुई समुहले घरेलू बजारमा बलियो पकड बनाएका छन् । बक्स अफिसमा रेकर्डका पर्याय हुन् । दुवै समुहका फिल्मले फिल्म क्षेत्रलाई नै काँध थापेको अवस्था छ । दुई ठूला समुहबीच व्यापारिक प्रतिस्पर्धा रहेको पनि कसैबाट लुकेको छैन ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण ७, आईतवार

नेपथ्य ब्यान्डको चर्चित गीत ‘जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना’ भनेजस्तै भएको छ, अभिनेता सरोज खनाल र अभिनेत्री मेघा पोखरेल (विमला)को भेट । त्यो पनि ३० वर्षपछि । मेघा शनिबार खनालद्वारा निर्देशित तथा अभिनीत फिल्म ‘बगान’ हेर्न सिभिल मलस्थित हलमा पुगेको बखतमा उनीहरुबीच जम्काभेट भएको हो । उनीहरुले फिल्म ‘सान्नानी’मा एकसाथ अभिनय गरेका थिए ।

एजेन्सी, मुम्बई, २०८० श्रावण ६, शनिवार

कथा लेखनदेखि स्टारकास्टसम्मले फिल्मलाई हिट र फ्लप बनाउन ठूलो भूमिका खेल्छ । कुनै समय बलिउडमा स्टारलाई ध्यानमा राखेर कथा लेखिन्थ्यो । तर, ती स्टारले काम गर्न अस्वीकार गरेपछि निर्देशक/निर्माता अरु कलाकारलाई लिएर फिल्म बनाउन बाध्य हुन्थे । त्यस्ता धेरै फिल्म छन्, जुन पछि सुपरहिट भए । यसको एउटा उदाहरण अमिताभ बच्चन स्टारर फिल्म ‘जंजीर’ हो ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण ६, शनिवार

करिब ५ वर्षपछि नेपाली फिल्मले प्रदर्शनको सय दिने दुर्लभ यात्रा तय गरेको छ । गत बैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘जारी’ले ब्लकबस्टर व्यापार गर्दै उपत्यकाभित्रका तीनवटा हलमा सय दिन मनाएको हो । क्यूएफएक्स चेनको सिभिल मल, बिग मुभिज र एफक्यूब हलमा फिल्म सय दिनसम्म टिकेको छ । यसअघि २०७५ सालमा फिल्म ‘शत्रु गते’ले सय दिन मनाएको थियो ।

Results : 2647 - 2652 of 22675