Most Recent News Headlines
Results : 24097 - 24102 of 24136

फिल्मीखबर, काठमाण्डौ, 2010-08-04, बुधवार
राजधानीका पाँचतारे होटलमा सञ्चालित क्यासिनोमा नेपालीहरूले जुवा खेलेर घरबार लुटाएको तथ्यलाई लिएर निर्देशक रमेश बुढाथोकीले 'ग्याम्लर' नामक चलचित्र निर्माण गर्दैछन् । निर्देशक बुढाथोकीकै कथा रहेको सो चलचित्रको पटकथा र संवाद ब्रजेश खनालको रहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-08-04, बुधवार
नायिका संचिता लुईँटेलसँग बिबाह गरी भारत पलाएन भएका नायक निखिल उप्रेति नेपाल फर्किने टुंगो नभएपछी अन्तत: चलचित्र ‘मन परेपछि’ मा निखिलले अभिनय गरेको दृश्यमा कमलकृष्णले आवाज दिएका छन् ।

अनुप भट्टराई , काठमाण्डौ, 2010-08-04, बुधवार
बिहिबार प्रिमियरको तयारीमा जुटेको चलचित्र 'फष्टलभ' मा नायिका नम्रता श्रेष्ठको अभिनय पनि रहेको खुल्न आएको छ । चलचित्रलाई हयाप्पी इन्डिङ बनाउन नम्रतालाई अन्तिमको समयमा नायक कर्मको जोडीको रूपमा उनलाई अतिथि कलाकारको भूमिकामा निर्देशक सिमोश सुनुवारले प्रयोग गरेको बुझ्न आएको छ ।

फिल्मीखबर, पोखरा, 2010-08-04, बुधवार
सवारी चालक मानबहादुर परियारले नरिवल फुटाएर, स्पट ब्वाई सुवास लामाले क्ल्याप हानेर र डे्रसम्यान कमल मिश्रले एक्सन भनेर चलचित्र 'पल्टन' को मुहुर्त गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-08-04, बुधवार
नायक निखिल उप्रेतीसँग बिहे गरी मुम्बई बस्दै आएकी नायिका संचिता लुइँटेल आफ्नो दाम्पत्य जीवनको भाकल पूजा गर्न काठमाडौं आएकी छिन्। उनी निखिल र आफूले पशुपतिनाथको मन्दिरमा गरेको भाकलको पूजा गर्न र एउटा चलचित्रको डबिङ गर्न सोमबार काठमाडौं आएकी हुन्।

फिल्मीखबर, काठमाण्डौ, 2010-08-04, बुधवार
क्रिएटिभ इन्टरनेसनल प्रोडक्सन आर्टस सीआईपीए नेपालले राजधानीमा छोटा चलचित्रहरुको महोत्सव गर्ने भएको छ। आगामी भदौ २१ देखि २४ सम्म तीन दिन चाबहिलस्थित गोपीकृष्ण मुभिजमा हुनेसो महोत्सवमा ३ देखि ३० मिनेटसम्मका काल्पनिक, सूचनामूलक, अनुभवजन्य तथा सैद्धान्तिक विषयवस्तुसँग सम्बन्धित प्रविधियुक्त चलचित्रलाई समावेश गरिने भएको छ ।

