Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2413 - 2418 of 23498
फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २५, आईतवार

नयाँ वर्षको अवसर पारेर यही चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘द रेड सुटकेस’ देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा नलाग्ने भएको छ । निर्माण कम्पनी आइसफल प्रोडक्सन्सले आइतबार विज्ञप्ति जारी गर्दै क्यूएफएक्सले स्वदेशी र विदेशी फिल्मको चापका कारण उचित शो दिन नसक्ने आसय व्यक्त गरेपछि क्यूएफएक्सबाहेकको हलमा मात्र फिल्म रिलिज हुने जनाएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २५, आईतवार

नाटकमा आधारित भएर बनेको फिल्म ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंका एक कार्यक्रमका बीच सार्वजनिक साढे २ मिनेट लम्बाईको ट्रेलरले बोक्सीमा आरोप लगाइएकी एक महिला पात्रलाई पछ्याउँछ । जसमा अभिनेत्री केकी अधिकारी प्रस्तुत छिन् । ट्रेलरमा उनको चरित्रचित्रण प्रभावशाली देखिन्छ । उनको गेटअप र हाउभाउले डर पैदा गराउँछ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २५, आईतवार

आगामी दशैंको फूलपातीमा प्रदर्शन गर्न लागिएको फिल्म ‘बलिदान’को बैशाख अन्तिमबाट छायांकन सुरु गरिँदैछ । त्यसका लागि यतिबेला पूर्वको इटहरीमा सेट डिजाइनको काम सुरु गरिएको छ । निर्देशक तथा निर्माता सन्तोष सेनले फिल्मको कथामा आउने देशकाल र परिस्थितिलाई दुरुस्त झल्काउने लोकेसन खोज्नुपर्ने चुनौतीबीच सेट डिजाइन गर्न लागिएको जानकारी गराएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २५, आईतवार

अबको ५ दिनमा २०८० साल विदा हुँदैछ । यस वर्ष नेपाली फिल्मको रिलिजमा खासै गुणात्मक वृद्धि देखिएन । गत वर्ष ४६ फिल्म रिलिज भएका थिए । यस वर्ष ५३ वटा पुग्नेछ । कोरोना महामारीभन्दा अगाडि झण्डै एक सयको हाराहारीमा फिल्म रिलिज हुँदै आएका थिए । त्यसमध्ये ६/७ वटा फिल्म मात्र सफल ठहरिन्थे । ५३ वटा फिल्म रिलिज हुँदा पनि सफलताको दर एउटै देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २४, शनिवार
Results : 2413 - 2418 of 23498