Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2407 - 2412 of 23498
फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २७, मंगलवार

अभिनेत्री आँचल शर्माका लागि यस वर्ष (२०८०)को सुरुवात निराशाजनक बन्यो । बैशाखमा रिलिज भएको चर्चित फ्रेन्चाइज फिल्म ‘नाईँ नभन्नू ल’को छैटौं श्रृंखला असफल बनेको थियो । यसको नतिजा उनका लागि अनपेक्षित थियो । अब यस वर्षका लागि उनको अन्तिम फिल्म ‘डिग्री माइला’ यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्मले वर्षको अन्त्य सुखद् गराउने उनको विश्वास छ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २६, सोमवार

अभिनेत्री नीति शाहको डेब्यू फिल्म ‘खजुरे ब्रो’ प्रदर्शनमा आइसकेको छैन । जसले गर्दा उनको कामको मुल्यांकन हुन बाँकी छ । तर, उनलाई लिएर फिल्म बनाउन मेकरहरुबीच भने प्रतिस्पर्धा नै चलिरहेको छ । गत महिना उनले फिल्म ‘रुखान’ सम्झौता गरिन् । निर्देशक दीवाकर भट्टराईको नयाँ फिल्ममा पनि उनले काम गर्ने चर्चा छ । फिल्म ‘बलिदान’मा पनि उनको सम्भावना प्रवल छ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २६, सोमवार

बाल्यकालमै गायनमा उचाइँ चुमेका प्रेम परियार फिल्म ‘पर्खि बसे फर्की आउनेछु’बाट हिरो बनिसकेका छन् । ५ वर्ष अगाडि नै यो फिल्म निर्माण भएको हो । तर, सार्वजनिक प्रदर्शनमा आउन सकेको छैन । शनिबार काठमाडौंको जमलस्थित विश्वज्योति हलमा फिल्मको विशेष शो आयोजना गरिएको थियो । फिल्मकर्मी तथा अन्य व्यक्तिले अभिनयको तारिफ गर्दा प्रेम खुसी देखिएका थिए ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २६, सोमवार
फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २६, सोमवार

अभिनेता प्रदीप खड्काले फिल्ममा ‘लभर ब्वाई’को छवि बनाएका छन् । ‘प्रेमगीत’पछि उनले यस्तै चरित्रलाई बढी प्राथमिकता दिए । ‘प्रकाश’बाट भने आफ्नो ‘कम्फर्ट जोन’ त्यागेका उनले यसपछि चरित्रमा विविधता खोज्ने प्रयास गरिरहेका छन् । आगामी फिल्म ‘पूजार सार्की’मा दमाहा बजाउने दमाईको भूमिका निर्वाह गरेका उनी अर्को फिल्म ‘पिताम्बर’मा एक्सन भूमिकामा प्रस्तुत हुँदैछन् ।

Results : 2407 - 2412 of 23498