Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2407 - 2412 of 24232
फिल्मीखबर, काठमाडौं, 2024-10-22, मंगलवार

निर्देशक शंकर घिमिरे कमब्याक फिल्म ‘तेल भिसा’को प्रदर्शन मिति नजिकिँदै गर्दा श्रृंखलाबद्ध रुपमा पोस्टर तथा गीत सार्वजनिक भइरहेका छन् । ‘हरि नाम झैँ’ र ‘तुकुनको मुकुन’ गीतपछि मंगलबार फिल्मको तेस्रो गीत ‘कति रमाइलो’ सार्वजनिक गरियो । अमेरिकामा खिचिएको गीतमा अभिनेत्री वर्षा राउतको ‘बेबी सावर’मा भएको जमघट र नाचगानलाई प्रस्तुत गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-10-22, मंगलवार

आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘देववाणी’को टिजर सार्वजनिक गरिएको छ । बाबु साहेब बलामी निर्देशित फिल्मको मंगलबार सार्वजनिक टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । गाउँलेको रक्षाका लागि एक पात्रले गर्ने संघर्षको कथावस्तुमा फिल्म बनेको टिजरले जनाउँछ । अभिनेता कुन्दन भारद्वाजलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-10-22, मंगलवार

विश्वका प्रतिष्ठित भेनिस, बुसान, ह्याम्बर्ग, मुम्बई फिल्म फेस्टिभलमा आफ्नो प्रभाव छाडेको अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘राजागञ्ज’को प्रदर्शन मिति घोषणा गरिएको छ । यसै साता मुम्बई फिल्म फेस्टिभलमा स्क्रिनिङ भएको फिल्मलाई आगामी चैत १ गते प्रदर्शन गरिने निर्माण कम्पनी आदि फिल्म्सले जनाएको छ । फागु पूर्णिमाको अवसरमा फिल्म रिलिज हुन लागेको हो ।

फिल्मीखबर, काठमाडौं, 2024-10-22, मंगलवार

अभिनेता सलोन बस्नेतले आफ्नो नयाँ फिल्म ‘रंगी’को छायांकन सुरु गरेका छन् । मंगलबार काठमाडौंको नक्सालमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै छायांकन थालिएको हो । फिल्मको छायांकन अवधि ३० दिनको रहने निर्माण पक्षले जनाएको छ । फिल्मको सम्पूर्ण छायांकन काठमाडौं उपत्यकाभित्र हुनेछ । सलोन स्वयं प्रस्तुतकर्ता रहेको फिल्मका निर्देशक सुरेश न्यौपाने हुन् ।

फिल्मीखबर, काठमाडौं, 2024-10-22, मंगलवार

‘फिगर कोकाकोला’ गर्ल अशिष्मा नकर्मी आमा बन्ने भएकी छन् । विवाह बन्धनमा बाँधिएको ७ वर्षपछि उनले पहिलो सन्तानलाई जन्म दिन लागेकी हुन् । २०७४ सालमा उनले नविनचन्द्र प्रधानसँग विवाह गरेकी थिइन् । विवाहपछि श्रीमानसँग अमेरिकामा बस्दै आइरहेकी उनले सोमबार इन्स्टाग्राममा बेबी बम्पसहितको तस्वीरहरु सेअर गर्दै आमा बन्न लागेको खुसी साटेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2024-10-22, मंगलवार

अभिनेत्री वर्षा सिवाकोटीले निजी जीवन र फिल्मी करिअरमा ठूलो आरोह-अवरोह झेलेकी छन् । वैवाहिक जीवन एक वर्ष नपुग्दै टुंगियो । डेब्यु फिल्म ‘नाइँ नभन्नू ल २’ र दोस्रो फिल्म ‘पशुपति प्रसाद’पछि उनका १२ वटा फिल्म श्रृंखलाबद्ध रुपमा असफल भए । जसले उनको करिअर नै संकटग्रस्थ बनायो । तर, ‘प्रतिक्षाको फल मीठो हुन्छ’ भनेझैँ वर्षाले ७ वर्षपछि ‘परदेशी २’बाट हिटको स्वाद चाखिन् । यसले उनका लागि सफलताको ढोका खोलेको जस्तै देखिन्छ ।

Results : 2407 - 2412 of 24232
Most Visited News (monthly)