Most Recent News Headlines
Results : 23353 - 23358 of 23979

फिल्मीखबर, काठमाण्डौ, 2010-12-27, सोमवार
केही महिना अगाडी प्रदर्शन भएको र पुन: केही स्थानमा प्रदर्शन गर्न लागिएको कृषा चौलागाईंको चलचित्र 'कसम हजुरको' र राजेश घतानीले निर्माण गरेको चलचित्र बाटो मुनिको फुल रिलिज भएको एकसाता भित्रमै पाईरेट गरेर बजारमा छ्यापछ्याप्ती चलचित्रको भिसिडी सार्वजनिक भएपछी पाईरेट गर्नेलाई उचित क्षतिपूर्तीको माग सहित कारवाहीको लागी सोमबार सात सदस्य छानबिन समिती गठन गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-27, सोमवार
आगामी माघ सात गतेदेखि चितवनको मेघौली स्थित गोलाघाटमा अन्तराष्ट्रिय चलचित्र कार्यशाला आयोजना हुने भएको छ ।
चलचित्र निर्देशक समाजले आयोजना गर्न लागेको सो एकहप्ते कार्यशालामा भारतका कनल शाष्त्री र गोविन्द निहालिनी, दक्षिण कोरियाका किम डोङ विन जस्ता बरिष्ठ चलचित्र विज्ञहरूको सहभागिता रहने बताईएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-27, सोमवार
सोमबार पूर्वाञ्चल भेलामा सहभागी भएका पूर्वका हल सञ्चालकहरूले आफ्नो पेशामा कटिबद्ध हुदै कसैसँग नझुक्ने निर्णय निकालेका छन् ।
चलचित्र संघको आयोजनमा पूर्वाञ्चलको इटहरीमा आयोजित उक्त भेलामा वीरगञ्ज देखि काकडभिट्टा सम्मका प्रदर्शकहरूले हलहरूसँग निर्मातासंघको विभिन्न विवाद अन्त्य गर्नु पर्ने माग राखेका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-27, सोमवार
नायक हुन भन्दा अघि राजेश हमालले एउटा सपना बुनेका थिए, म हिरो हैन फिल्म मेकर बन्छु अर्थात निर्देशक । जव २६ बर्षको उमेरमा निर्देशक दीपक रायामाझीको नजरमा उनी परे तव उनको सपना सपनामै सिमित भयो ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-27, सोमवार
बीग प्रोजक्टको चलचित्र च्यालेन्ज निर्माण गरेका स्र्टाईलिस हिरो दुई दिन देखि चितवनको सौराहमा ब्यस्त छन् । तर उनको त्यो ब्यस्तता ब्यक्तिगत हैन, विश्वका विभिन्न मूलुकबाट हात्ती रेश प्रतियोगितमा सहभागी हुन आएका पर्यटकमाझ उनी चिफ गेष्ट भएर हात्ती रेशको अनुभव लिईरहेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-27, सोमवार
लामो समय देखि प्रदर्शनको पालो कुरेको आकाश अधिकारी निर्देशित चलचित्र काठमाण्डौको अडियो विमोचन तथा रेड स्टूडियोको उद्धघाटन भब्य हुने भएको छ ।
Most Visited News (monthly)

