मिति : २०८२ वैशाख २८, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2293 - 2298 of 22591
फिल्मीखबर, काठमाडौं, २०८० आश्विन १०, बुधवार

नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’को झ्याउरे गीत सार्वजनिक गरिएको छ । ‘परदेशी छुकछुके रेलैमा’ बोलको गीतमा निर्देशक रायमाझी, तेजेन्द्र गुरुङ, टिका पुन, देवी घर्ती र ममता गुरुङको स्वर छ भने शब्द रचना तथा संगीत निर्देशक रायमाझी र प्रेमदेव गिरीको छ । गीतमा फिल्मका प्रमुख तीन कलाकारहरु प्रकाश सपूत, केकी अधिकारी र प्रशान्त तामाङ फिचर्ड छन् ।

एजेन्सी, मुम्बई, २०८० आश्विन १०, बुधवार

बलिउडका ‘दबंग स्टार’ सलमान खान अभिनीत फिल्म ‘टाइगर ३’को टिजर सार्वजनिक गरिएको छ । ‘टाइगरको म्यासेज’ भनेर सार्वजनिक गरिएको टिजर एक्सन प्याक्ड छ । १ मिनेट ४६ सेकेण्ड लम्बाईको टिजरमा सलमान एक्सन अवतारमा प्रस्तुत छन् । टिजरको सुरुवातमा टाइगर पात्रको ‘कन्फेसन’ छ, जहाँ उसले आफू भारतको दुश्मन र एक नम्बर गद्दार रहेको दाबी गरेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन ९, मंगलवार

भदौ २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘नाङ्गो गाउँ’ हिट सावित भैसकेको छ । पहिलो हप्ताबाटै निर्माताले लगानी सुरक्षित गरेर सिक्वेल निर्माणको समेत घोषणा गरिसकेका छन् । दोस्रो हप्तामा पनि सुखद दर्शक पाइरहेको फिल्मले राजनीतिकर्मीहरुलाई हल तान्न थालेको छ । मंगलबार दिउँसो पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वमन्त्री हिसिला यमी (भट्टराई)ले फिल्म हेरेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन ९, मंगलवार

अभिनेत्री तथा निर्मात्री रेखा थापा आमा बन्ने भएकी छन् । उनले आगामी माघ महिनामा पहिलो सन्तानलाई जन्म दिन लागेकी हुन् । उनको गर्भमा अहिले ५ महिनाको शिशु रहेको जनाइएको छ । रेखा स्वयंले आफू आमा बन्न लागेको कुराको पुष्टि गरेकी हुन् । गर्भवतीका बाबजूद उनी अहिले फिल्म ‘उपहार’को सुटिङमा व्यस्त छिन् । केही दिनदेखि एक्सन सिनको छायांकन भैरहेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन ९, मंगलवार

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको अध्यक्षमा अभिनेता राहुल केसी निर्वाचित भएका छन् । सन् २०२१ देखि २०२३ सम्म महासचिव रहेका उनी अब अध्यक्षको जिम्मेवारीमा आएका हुन् । आइतबार अमेरिकाको मेरिल्यान्डमा सम्पन्न राष्ट्रिय अधिवेशनबाट आगामी दुई वर्षका लागि अध्यक्षसहित १३ जनाको कार्यसमिति निर्वाचित भएको हो ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन ९, मंगलवार

खासमा ‘ह्याट्रिक’ शब्द फुटबलका लागि बनेको हो । तर, नेपाली फिल्ममा पनि यसको प्रयोग हुने गर्छ । यो शब्द आफैंमा अत्यन्त सुखद हो । लगातार तीनपटक कुनै उपलब्धि हासिल हुँदा ह्याट्रिक भनिन्छ । र, यो सुखद यात्रा अभिनेत्री मिरुना मगरले पार गरेकी छन् । उनका लगातार तीनटा फिल्म सफल भएका छन् । त्यो पनि एउटै नायक (दयाहाङ राई)सँग । यस्तो संयोग कमैलाई जुर्छ ।

Results : 2293 - 2298 of 22591