
लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल मुख्य भूमिकामा अनुबन्ध भएका छन् । यसै हप्ता उनीसँग निर्माता किरण नेपालीले कागजी सम्झौता गरेका हुन् । सौगातले यसअघि किरणका तीनवटा फिल्म ‘पोइ पर्यो काले’, ‘दुई नम्बरी’ र ‘हात्तीछाप’मा काम गरिसकेका छन् । ‘कल्ली’मा सौगात कस्तो भूमिकामा रहनेछन्, त्यसबारे जानकारी गराइएको छैन ।

नेपालमा च्याउसरी उम्रिएका सौन्दर्य प्रतियोगिताहरूमध्ये ‘मिस नेपाल’ सबैभन्दा पुरानो र प्रतिष्ठित मानिन्छ । यसको आयोजना हुन थालेको करिब तीन दशक भइसकेको छ । मिस नेपाल आयोजनाको उद्देश्य व्यक्तित्व, नेतृत्व विकास र महिला सशक्तिकरण भन्ने गरिन्छ । तर, सुरुवाती समयदेखि नै यो सौन्दर्य प्रतियोगिता नेपाली फिल्मका लागि हिरोइन उत्पादन गर्ने कारखाना बनिरहेको छ ।

आगामी कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शन हुन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो गीत सार्वजनिक गरिएको छ । छायांकनभन्दा अगाडि मोशन पोस्टर र दुई हप्ताअघि टिजरमा समावेश ‘काँधेकुरी’ गीतको भिडियोसहित पूरा अंश सार्वजनिक गरिएको हो । गीतका शब्दहरु मर्मस्पर्शी छन् । एक बाबुले छोराको प्रगतिका लागि गरेको दुःख, मिहिनेत र सपना गीतले बोल्छ ।

दशैं-तिहारमा फिल्म रिलिजको ठूलो चाप भएकाले यतिबेला गीत, टिजर र ट्रेलर रिलिजको बाढी देखिएको छ । हरेक दिन कुनै न कुनै फिल्मको प्रचार सामाग्री सार्वजनिक भइरहेका छन् । आगामी असोज २४ गते अर्थात् फूलपातीबाट प्रदर्शन हुन लागेको फिल्म ‘ज्वाइँ साब’को पनि चार दिनअघि पहिलो गीतको रुपमा ‘कसम बत्तीको’ सार्वजनिक गरिएको थियो, जुन दर्शकले रुचाएका छन् ।

सफल फिल्म ‘होस्टेल’ फ्रेन्चाइजको तेस्रो श्रृंखलाको रुपमा निर्माण हुन लागेको ‘होस्टेल ३’को छायांकन सुरु भएको छ । आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा मुहूर्त गर्दै भक्तपुरको बोडेबाट छायांकन थालिएको हो । मुहूर्त सटमा फिल्मका मुख्य अभिनेता पारस बम (कुल ब्वाय) र अभिनेत्री सिम्रन पन्तले छोटो संवाद बोलेका थिए । फिल्मलाई दुई चरणमा छायांकन गरिनेछ ।

गत बैशाखमा आएको फिल्म ‘बोक्सीको घर’को ‘बुझिनँ मैले, बुझाईदेउ कसैले’ गीत सर्वाधिक चर्चित बन्यो । यही गीतले फिल्मलाई समेत ठूलो व्यावसायिक सफलता दिलाएको थियो । युट्युबमा यो गीतलाई ५ महिनामा साढे ३ करोडभन्दा बढीले हेरिसकेका छन् । यसपछि पनि दर्जनौं फिल्मका गीत आए । केहीले दुई/चार दिन राम्रै चर्चा र युट्युबमा भ्यूज पाए पनि त्यसपछि एकाएक सेलाए ।

