
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘अगस्त्य’बाट चर्चामा आएका निर्देशक सौरभ चौधरीले आफ्नो नयाँ फिल्म ‘कर्मा’को छायांकन सुरु गरेका छन् । शुक्रबार दाङको घोराहीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा शुभ मुहूर्त गरेपछि फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको ४० दिनसम्म दाङ क्षेत्रमा छायांकन हुनेछ भने एक हप्ता रुकुममा खिचिने जनाइएको छ ।

अन्तरजातीय प्रेमकथामा आधारित भएर बन्न लागेको फिल्म ‘सोल्टिनी’मा कलाकारको लाइनअप बलियो बनिरहेको छ । मुख्य अभिनेतामा प्रकाश सपूत र अभिनेत्रीमा परीक्षा लिम्बूपछि अब ‘तक्मे बुढा’को रुपमा परिचित विल्सन विक्रम राई पनि फिल्ममा अनुबन्धित भएका छन् । उनको भूमिकाबारे भने कुनै जानकारी गराइएको छैन ।

यसपालिको फूलपातीमा रिलिज भएको ‘ज्वाइँ साब’का निर्देशक वसन्त निरौलाले अब ‘दशमी’ शीर्षकमा नयाँ फिल्म बनाउने भएका छन् । शनिबार भक्तपुरस्थित सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको निर्माण घोषणा गरिएको हो । आगामी दशैंको फूलपातीलाई प्रदर्शन मिति पनि घोषणा गरिएको छ । योसँगै दशैंमा रिलिज हुने फिल्मको संख्या आधा दर्जन नाघेको छ ।

साउथका अभिनेता अल्लू अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ । उनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २: द रूल’को प्रिमियर शोमा भएको दर्दनाक घटनापछि यो कदम चालिएको भारतीय मिडियाहरूले बताएका छन् ।

अभिनेत्री वर्षा सिवाकोटीका लागि यस वर्ष सुखद् नै देखिएको छ । गत साउनमा आएको फिल्म ‘मोदीबेनी’ असफल भए पनि दशैंमा रिलिज भएको उनको फिल्म ‘छक्का पञ्जा ५’ ब्लकबस्टर सावित भयो । फिल्म सफल हुँदा त्यसको जस उनले पनि पाइन् । यसपछि उनलाई फिल्म अफरको चाप बढेको छ । यसैबीच, उनले नयाँ फिल्म ‘माग्ने राजा’ सम्झौता गरेकी छन् ।

अभिनय विधामा आधारित भएर सुरु हुन लागेको रियालिटी शो ‘एक्टिङ स्टार’मा तीनजना निर्णायक रहने भएका छन् । बुधबार शोको निर्माण कम्पनी महक मिडिया नेटवर्कले एक पोस्टर सार्वजनिक गर्दै अभिनेता तथा निर्देशक नीर शाह, रंगकर्मी तथा फिल्म निर्देशक अनुप बराल र अभिनेत्री ऋचा शर्मा निर्णायक (जज) रहने जानकारी गराएको हो ।

