मिति : २०८२ वैशाख १८, बिहिवार
Most Recent News Headlines
Results : 22543 - 22548 of 22557

अनुप भट्टराई , काठमाण्डौ, २०६७ श्रावण १२, मंगलवार
श्रीमतीको हातमा श्रीमानको नाम लेखिनु कुनै नौलो कुरा होइन । तर नायिका झरना थापाको हातमा चलचित्र निर्माता एवं उनका श्रीमान सुनिल कुमार थापाले आफ्नो नाम लेखिदिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ श्रावण ११, सोमवार
किशोर सुब्बाको लेखन तथा निर्देशन रहेको 'माटो' को सम्पादन कार्य अन्तिम चरणमा पुगेको छ । राष्ट्रियता र संघीयताको बिषयलाई लिएर निर्माण गरिएको यो चलचित्रको पहिलो शो हङकङबाट हुने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ श्रावण ११, सोमवार
गोपी कृष्ण मभिजको ब्यानरमा निर्माण हुन लागेको चलचित्र 'खुसी' को सोमबारबाट छायाँकन शुरू भएको छ । ज्ञानेन्द्र देउजाले निर्देशन गर्न लागेको सो चलचित्रमा रेखा थापा, आयुष रिजाल, सुमन सिंह, मिथिला शर्मा लगायतका कलाकारले अभिनय गर्दैछन् ।

अनुप भट्टराई , काठमाण्डौ, २०६७ श्रावण ११, सोमवार
'न बिर्से तिमिलाई न पाए तिमिलाई' गाएर चर्चित बनेकी गायिका अञ्जु पन्तको गीत निर्देशक योगेश घिमिरेले आफ्नो नयाँ चलचित्र 'न बिर्से तिमिलाई न पाए तिमिलाई' मा प्रयोग गर्ने भएका छन् ।

अनुप भट्टराई , काठमाण्डौ, २०६७ श्रावण ११, सोमवार
गोपी कृष्ण मभिजको ब्यानरमा निर्मित चलचित्र दि फल्यास ब्याक (फर्केर हेर्दा ) को प्रचारमा प्रयोग भएको ब्यानर झुठो भएको पुष्टी भएको छ ।

अनुप भट्टराई, काठमाण्डौ, २०६७ श्रावण १०, आईतवार
अब्बल अभिनयका कारण सानो पर्दाबाट ठूलो पर्दामा हामफालेकी नायिका ऋचा घिमिरेको अभिनय जति ब्राण्डेड छ त्यती नै उनले प्रयोग गर्ने कस्मेटिक सामग्रीहरू र उनका दैनिक जिवनमा प्रयोग हुने सामग्रीहरू पनि ब्राण्डेड रहेका छन् ।