Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2227 - 2232 of 23499
फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ १०, बिहिवार

पहिलो फिल्म ‘ड्रिम्स’बाटै ‘स्टार’ कहलिएकी थिइन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । दोस्रो फिल्म ‘ए मेरो हजुर २’को सफलताले उनको करिअर झनै उत्कर्षमा पुर्‍यायो । तेस्रो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ पनि सफल भएपछि उनी ‘डिमान्डेड’ बनिन् । त्यसबेला उनले चलेका हिरोबराबर पारिश्रमिक बुझ्ने गरेकी थिइन् । तर, श्रृंखलाबद्ध विवाद र फिल्म छनोटमा चुक्दा उनको स्टारडम नै खस्कियो ।

फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ १०, बिहिवार

गीतमा ‘हिट मेशिन’ मानिएका प्रकाश सपूतको परिचयको दायरा फराकिलो बनेको छ । गायनमा स्थापित उनले गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’बाट अभिनेताको पनि परिचय बनाए । पहिलो फिल्म नै व्यावसायिक रुपमा सफल हुँदा उनलाई आगामी यात्रा थप सहज भएको छ । र, उनी मेकरहरुको रोजाईमा पर्न थालेका छन् । अहिले फिल्ममा उनको माग चर्किँदो देखिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ १०, बिहिवार

यस वर्षको ठूलो रिलिज मानिएको ‘पूजार सार्की’ र ‘फर्की फर्की’को भाग्य परीक्षा सुरु भएको छ । बुद्ध जयन्तीको सार्वजनिक विदा पारेर बिहीबारबाट दुवै फिल्म व्यावसायिक प्रतिस्पर्धामा उत्रिएका छन् । दुवैमा ठूला ‘स्टार’ छन् । यसैले यो रिलिजलाई प्रतिष्ठाको लडाईंको रुपमा हेरिएको छ । इनिसियल व्यापार ‘स्टार’कै काँधमा हुने भएकाले यसलाई स्टारडमको परीक्षा समेत मानिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ ९, बुधवार

अक्सर फिल्म प्रदर्शनको संघारमा प्रिमियर गरिन्छ । यसको उद्देश्य भनेको तारिफ सुन्नु हो । र, फिल्मकर्मीहरु पनि यति इमानदार छन् कि हलमा निदाएर उठेको भए पनि मिडियाको अगाडि फुलबुट्टा भरिदिन्छन् । आजसम्म कुनै यस्तो प्रिमियर छैन, जहाँ कमी-कमजोरी औंल्याउने प्रयास गरिएको होस् । त्यसैले आजकाल प्रिमियरमा मिल्ने प्रतिक्रियालाई दर्शकले विश्वास गर्नै छाडेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ ९, बुधवार

थोरै तर लामो आयुको फिल्म दिने निर्देशकको रुपमा चिनिन्छन्, नवीन सुब्बा । उनले निर्देशन गरेको फिल्म ‘नुमाफुङ’लाई नेपाली फिल्मको एक गर्विलो दस्तावेज मानिन्छ । ‘खाङ्ग्री : द माउन्टेन’मार्फत नेपाली फिल्मलाई पहिलोपटक अन्तर्राष्ट्रिय फेस्टिभलमा पुर्‍याउने श्रेय पनि नवीनलाई नै जान्छ । तर, उनको एउटा फिल्मका लागि ‘जुग’ कुर्नुपर्छ । उस्तै परे एक दशकमा एउटा आउँछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ ९, बुधवार

सन् २००८ मा आएको सफल फिल्म ‘गजनी’लाई अभिनेता आमिर खानको करिअरको कोशेढुंगा मानिन्छ । यसमा उनले निभाएको चरित्र र अभिनय प्रभावशाली थियो । सन् २००५ मा आएको तमिल अभिनेता सूर्या स्टारर फिल्म ‘गजनी’को हिन्दी रिमेकको रुपमा बनेको यो फिल्म सय करोड कमाउने पहिलो बलिउड फिल्म समेत हो । यसको विश्वव्यापी कमाई मात्र ३ सय करोडमाथि थियो ।

Results : 2227 - 2232 of 23499