Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2221 - 2226 of 23656
फिल्मीखबर, काठमाडौं, 2024-07-05, शुक्रवार

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ऐन अभावका कारण आदिवासी जनजाति फिल्महरु ओझेलमा परेको बताएका छन् । बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’ले बिहीबार बालग्राम सुनसरीमा आयोजना गरेको विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले अब नयाँ ऐन पारितका लागि फिल्मकर्मीहरुले आवाज उठाउनुपर्ने बेला आएको धारणा व्यक्त गरे ।

फिल्मीखबर, काठमाडौं, 2024-07-05, शुक्रवार

अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’को यतिबेला काठमाडौंमा अन्तिम चरणको छायांकन भइरहेको छ । यसका लागि दक्षिण भारतीय फिल्मका चर्चित कलाकारहरु समेत नेपाल आएका थिए । ‘गजनी’ भिलेन प्रदीप रावत र ‘पुष्पा’ भिलेन सुनील वर्माले दुई दिनमा आफ्नो भागको छायांकन सकाएर स्वदेश फर्किसकेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-07-04, बिहिवार

कुनै बेला म्यूजिक भिडियोलाई मनोरञ्जनको रुपमा मात्र लिइन्थ्यो । र, त्यही हिसाबमा बन्थे । तर, अचेल फिल्मभन्दा पनि सशक्त दृश्यभाषा र प्रस्तुति म्यूजिक भिडियोमा हुन्छ । बुधबार सार्वजनिक गरिएको लोक देउडा तथा ठाडी भाकाको ‘हिरूलाल’ बोलको गीत यसको उदाहरण हो । गीतले उठाएको विषयदेखि कलाकारको अभिनयसम्म बुलन्द छ । यसमा कर्णालीको जीवन भेटिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-07-04, बिहिवार

कुनै समय काठमाडौंमा टिक्न डालोमा बदाम र गाडामा खोर्सानी बेच्ने गरेका बुद्धि तामाङ अहिले नेपाली फिल्मका सर्वाधिक व्यस्त र रुचाइएका चरित्र अभिनेतामा पर्छन् । फिल्म ‘कबड्डी’मा बोलेको ‘हैट’ थेगोले उनलाई कलाकारितामा स्थापित गरिदियो । र, यही थेगो उनको पहिचान बन्यो । आजका दिनमा पनि उनी वास्तविक नामले कम, ‘हैट’ थेगोका कारण नै दर्शकमाझ बढी चिनिन्छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-07-04, बिहिवार

फिल्म ‘होस्टेल रिर्टन्स’ (२०१५)बाट सम्भावना बोकेको अभिनेताको रुपमा सुशील श्रेष्ठको उदय भएको थियो । लुक्सका कारण यही फिल्मबाट उनको राम्रो क्रेज बन्यो । तर, यसपछि फिल्मको श्रृंखलाबद्ध असफलताले उनको करिअर अपेक्षित रुपमा अगाडि बढ्न सकेन । यतिबेला उनलाई एउटा ‘हिट’ फिल्मको खाँचो छ । र, अब उनलाई आशा भनेकै फिल्म ‘आउट ल : दफा २१९’ प्रति छ ।

फिल्मीखबर, काठमाडौं, 2024-07-03, बुधवार

गत वर्ष आएको फिल्म ‘चित्रा’का अभिनेता तथा निर्माता सन्तोष अधिकारीले अब ‘तैँ चुप् मैँ चुप्’ नाममा फिल्म बनाउने भएका छन् । बुधबार आफ्नो जन्मदिनको अवसर पारेर उनले फिल्म निर्माणको घोषणा गरेका हुन् । फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गर्नेछन् । यसअघि घनश्याम र सन्तोषले ‘चित्रा’मा समेत सहकार्य गरेका थिए । फिल्ममा मनिष गौतमको स्क्रिप्ट लेखन रहेको छ ।

Results : 2221 - 2226 of 23656
Most Visited News (monthly)