
उदय सुब्बाको निर्देशनमा बनेको फिल्म ‘दुई कदम’को प्रेम र द्वन्द्व मिश्रित टिजर सार्वजनिक गरिएको छ । घटस्थापनाको अवसर पारेर आइतबार सार्वजनिक गरिएको टिजरमा डेब्यू अभिनेता इओन लिम्बु र डेब्यू अभिनेत्री सिमोन गिरीबीचको प्रेममा आउने उतार-चढावलाई प्रस्तुत गरिएको छ । प्रेममा परिवार बाधक हुँदा उत्पन्न परिस्थितिमा फिल्म केन्द्रित रहेको टिजरले संकेत गर्छ ।

हलिउड/बलिउडमा कुनै फिल्म हिट भयो भने त्यसलाई यूनिभर्स (कथा वा पात्रको निरन्तरता)को रुपमा अगाडि बढाउने ट्रेन्ड छ । ‘एक था टाइगर’, ‘सिंघम’, ‘स्पाइडर म्यान’, ‘डेडपूल’ आदि यसका उदाहरण हुन् । केही हदसम्म यो नेपालमा पनि छ । तर, प्रायः फिल्मको अघिल्लो श्रृंखलासँग कुनै लेनादेना नै हुँदैन । सिर्फ नामको ब्याज खानका लागि सिक्वेल तथा सिरिजहरु बनिरहेका छन् ।


गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘प्रेमगञ्ज’ले बक्स अफिसमा पैसा नकमाए पनि तारिफ कमाएको थियो । यही फिल्मबाट निर्देशक बनेका परिच्छेद सेनले निर्देशनमा राम्रो सम्भावना देखाएका थिए । उनको कथावाचन शैलीको प्रशंसा भएको थियो । अब उनले ‘महाराजधिराज’ शीर्षकमा नयाँ फिल्म बनाउने भएका छन् । घटस्थापनाको अवसर पारेर फिल्मको निर्माण घोषणा गरिएको छ ।

कवि उपेन्द्र सुब्बाको डेब्यू निर्देशित सुपरहिट फिल्म ‘जारी’ डिजिटल रिलिज भएको छ । नेपालको ‘नम्बर वान’ ओटीटी प्लेटफर्म सिनेमाघर एपमा दशैंको छेको पारेर घटस्थापनाबाट फिल्मलाई रिलिज गरिएको हो । हलमा सफल भएपछि एपमा यो फिल्मको सर्वाधिक डिमान्ड थियो । २ सय रुपैयाँ शुल्क राखिएको फिल्मलाई सिनेक्वाइन प्रयोग गरेर निःशुल्क पनि हेर्न पाइने व्यवस्था छ ।

दशैंको माहोल सुरु भएसँगै शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’प्रति दर्शकको राम्रो आकर्षण देखिएको छ । शुक्रबार ठीकठाक रहेको फिल्मको अकुपेन्सी शनिबार समग्रमा ७० प्रतिशतसम्म रह्यो । यसलाई अहिलेको अवस्थामा सुखद् मान्न सकिन्छ । बलियो ‘वर्ड अफ माउथ’ रहेकाले आइतबार घटस्थापनाको विदाको फाइदा पनि फिल्मले राम्रो उठाउन सक्नेछ ।