
पछिल्लो समय नेपाली निर्मातालाई ओभरसिज राइट्स राम्रो आम्दानीको स्रोत बनेको छ । विदेशमा फिल्म बिक्री हुँदा लगानीको ठूलो हिस्सा उठ्ने गर्छ । सिक्वेल र सिरिज फिल्मको त ओभरसिज राइट्सबाटै लगानी सुरक्षित हुने गरेको छ । यसैले अचेल फिल्म निर्माण नहुँदै धेरैजसो निर्माताले विदेश राइट्स बेचिसकेका हुन्छन् । कतिपय फिल्म छायांकनको क्रममा पनि बिक्री हुने गर्छन् ।

लामो समयदेखि दर्शकको एउटा तप्काले पर्दामा हेर्न चाहेको जोडी हुन्, अनमोल केसी र नीति शाह । फिल्ममा उनीहरुको जोडी बाँध्ने प्रयास नभएको पनि होइन, तर आजसम्म सहकार्य जुर्न सकेको छैन । फिल्म ‘ड्रिम्स’मा नै अभिनेता भुवन केसीले अनमोल र नीतिको जोडी बाँध्न खोजेका थिए । तर, त्योबेला नीतिले रुचि नदेखाएपछि ‘ड्रिम्स’बाट साम्राज्ञी आरएल शाहले डेब्यु गरेकी थिइन् ।

अभिनेता हरिवंश आचार्यको परिचयको आयाम फराकिलो छ । अभिनय त उनको परिचयको एउटा पाटो मात्र हो । गायन तथा लेखनमा पनि उनी सक्रिय छन् । अहिले पनि वर्षमा एक/दुईवटा गीत उनका आइरहन्छन् । तर, फिल्मका लागि भने उनले विरलै गीत गाउने गरेका छन् । पछिल्लोपटक उनले सन् २०१६ मा रिलिज भएको फिल्म ‘जात्रा’मा समावेश ‘नोट नोट’ गीत गाएका थिए ।

अभिनेता दयाहाङ राईलाई कतिपयले राजेश हमालको पुनरावृत्ति भन्ने गरेका छन् । हमालले झैँ फिल्मको संख्यात्मक वृद्धिमा जोड दिँदा उनले यो आलोचना खेप्नु परेको हो । गत वर्षसम्म उनका फिल्म यसरी आए, मानौं उनी फिल्म उत्पादन गर्ने मेसिन हुन् । गत वर्ष (२०८०) मात्र उनका ९ वटा फिल्म हलमा रिलिज भएका थिए । दुईपटक त एउटै मितिमा उनका आफ्नै फिल्म भिड्न पुगे ।

कुनै समय लभस्टोरी फिल्ममा सफल मानिएका अभिनेता राजबल्लभ कोइरालाको परिचयमा नयाँ आयाम थपिने भएको छ । साहित्यप्रति विशेष रुचि राख्ने उनले कविको परिचय थप्न लागेका हुन् । उनी आफ्नो पहिलो कृतिको रुपमा कविता संग्रह ‘औरा’ सार्वजनिक गर्ने तयारीमा छन् । प्रकाशनको अन्तिम तयारीमा रहेको पुस्तक यसै वर्ष बजारमा उपलब्ध हुने जनाइएको छ ।

गत वर्षको फागुनमा प्रदर्शनमा आएको ‘रंगेली’का निर्देशक अर्जुन सुवेदी आफ्नो दोस्रो फिल्म ‘सोल्टिनी’को यही पुष अन्तिमबाट छायांकन गर्ने तयारीमा छन् । फिल्ममा कलाकारहरुको बलियो ‘लाइनअप’ बनाएका उनले यसमा फरक जातीय पृष्ठभूमिका दुई पात्रको प्रेमकथा प्रस्तुत गर्दैछन् । र, यो कथा उनले अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बूमार्फत् पर्दामा देखाउनेछन् ।

