मिति : २०८२ वैशाख २५, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2089 - 2094 of 22586
फिल्मीखबर, काठमाडौं, २०८० मंसिर ७, बिहिवार

तिहारको छेको पारेर प्रदर्शनमा आएको निश्चल बस्नेतद्वारा निर्देशित फिल्म ‘दिमाग खराब’ले एउटा साधारण मान्छेको कथा भनेको छ । राज्यको माथिल्लो तहमा बस्ने व्यक्तिले सर्वसाधारणलाई कुन रुपले हेर्छन् र कस्तो व्यवहार गर्छन् भन्ने विषयमा फिल्म केन्द्रित छ । एकातिर फिल्मले उठाएको विषय चर्चामा रहँदा अर्कोतिर फिल्मका निर्माताले उठाएको मागले ठूलो बहस सृजना गरेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर ७, बिहिवार

फिल्मको चर्चादेखि व्यापारसम्म गीतले ठूलो अर्थ राख्छ । गीत लोकप्रिय हुँदा फिल्मको राम्रो हाइप निर्माण हुन्छ भने केही हदसम्म हलको व्यापारमा पनि फाइदा पुग्छ । यसैले नेपाली मेकरहरुले गीत छनोटमा विशेष ध्यान दिने गरेका छन् । र, भिडियो निर्माणमा पनि कुनै चीजमा ‘कञ्जुसाइँ’ गर्दैनन् । अहिलेको अवस्थामा एउटा गीतको अडियो र भिडियोमा मात्र १० लाख बढी खर्च हुने गर्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर ६, बुधवार

अभिनेत्री तथा निर्मात्री श्वेता खड्कालाई पितृशोक परेको छ । उनका बुवा ओतबहादुर खड्काको मंगलबार साँझ काठमाडौंस्थित निजी निवास बनस्थलीमा निधन भएको हो । ओतबहादुर १०१ वर्षका थिए । पूर्व सैनिक समेत रहेका उनको सेनाको सलामीसहित मंगलबार साँझ नै पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ । पिताको निधनले श्वेता विक्षिप्त छिन् ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर ६, बुधवार

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले केन्द्रीय चलचित्र जाँच समितिलाई पत्र लेख्दै नेपालको मौलिकता, धर्म संस्कृति, इतिहास, नेपाल र नेपालीको स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउन आग्रह गरेका छन् । एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो फिल्म बनाएको अवस्थामा त्यसको पनि प्रशारण रोक्न बालेनले सुझाव दिएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर ६, बुधवार

निर्देशक निश्चल बस्नेतले ११ वर्षको अवधिमा ‘लुट’, ‘टलकजंग भर्सेस टुल्के’, ‘लुट २’ र हाल प्रदर्शनरत ‘दिमाग खराब’ गरि चारवटा फिल्म बनाए । यी चारवटै फिल्ममा कुनै न कुनै रुपमा राजनीति जोडिएको छ । ‘दिमाग खराब’लाई त राजनीतिक विषयमा बनेको फिल्मको रुपमा धेरैले ब्याख्या गरेका छन् । भलै, निश्चल यो स्वीकार गर्दैनन् । फिल्ममा सामाजिक कथा रहेको उनको अडान छ ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर ६, बुधवार

यस वर्ष अभिनेत्री वर्षा सिवाकोटीका लागि सुखद् बन्यो । ७ वर्षपछि उनले हिट फिल्म पाएकी छन् । दशैंको अवसर पारेर असोज २६ गते प्रदर्शन भएको फिल्म ‘परदेशी २’ व्यावसायिक रुपमा सफल हुँदा उनको करिअरलाई ठूलो राहत मिलेको छ । श्रृंखलाबद्ध रुपमा फिल्म असफल भैरहँदा पनि उनी कामविहीन भने हुनु परेको थिएन । फिल्म तथा म्यूजिक भिडियोमा राम्रै व्यस्तता थियो ।

Results : 2089 - 2094 of 22586