
सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘बोक्सीको घर’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार महाशिवरात्रि तथा नारी दिवसको दिन पारेर सार्वजनिक टिजरमा बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने हिंसालाई देखाइएको छ । अभिनेत्री केकी अधिकारी नव-विवाहित महिलाको रुपमा प्रस्तुत छन् । टिजरको अन्तिम दृश्यमा उनको चरित्रचित्रण प्रभावशाली देखिन्छ ।

मिलन चाम्स निर्देशित फिल्म ‘अञ्जिला’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । महाशिवरात्रि र नारी दिवसको अवसर पारेर शुक्रबार सार्वजनिक एक पोस्टरमा अभिनेता दयाहाङ राई र महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बालाई प्रस्तुत गरिएको छ । दयाहाङ ढाकाटोपी लगाएर मुस्कुराएको भावमा देखिएका छन् भने अञ्जिलाको फुटबल मोह दर्शाइएको छ ।

फागुनको तीन हप्ता नेपाली फिल्मबीच भिडन्त देखिएन । तीन हप्तामा तीन फिल्म रिलिज भए । तर, यो हप्ता एकसाथ तीन फिल्म ‘रङ्गेली’, ‘उपहार’ र ‘काँडेतार’ प्रदर्शनमा आएका छन् । शुक्रबार महाशिवरात्री तथा नारी दिवसको विदा भएकाले यी तीन फिल्म एकआपसमा भिड्न पुगेका हुन् । तर, तीनवटै फिल्मको विषयवस्तु फरक भएकाले दर्शकको दक्षित वर्ग पनि फरक हुनसक्छन् ।

अभिनेता अनमोल केसी र अभिनेत्री पूजा शर्मा बक्स अफिसमा आमनेसामने हुने भएका छन् । आगामी जेठ १० गतेबाट अनमोल अभिनीत फिल्म ‘फर्की फर्की’ प्रदर्शनमा आउने तयारीमा छ । अब यो मितिमा पूजाको एक्सन फिल्म ‘दान्भी’ पनि आउने निश्चित भएको छ । बुद्ध जयन्तीको सार्वजनिक विदा पारेर दुवै फिल्म प्रदर्शनमा आउन लागेका हुन् । दुवै फिल्मको जनरा भने फरक छ ।

महाशिवरात्रीको दिन पारेर भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको ज्ञानेन्द्र देउजाद्वारा निर्देशित फिल्म ‘उपहार’ले प्रिमियरमा अब्बल प्रतिक्रिया प्राप्त गरेको छ । बिहीबार दिउँसो काठमाडौंमा आयोजित प्रिमियरमा पुगेका फिल्मकर्मीहरुले एउटा ‘प्याकेज’को फिल्म बनेको भन्दै प्रशंसामा शब्द खर्चिएका थिए । अधिकांशले फिल्मको कथावस्तु र कलाकारको अभिनयको खुलेर प्रशंसा गरे ।

अभिनेत्री मलिका महतलाई जुत्ताको माला लगाएको फर्स्टलुक पोस्टर सार्वजनिक भएसँगै चर्चामा रहेको फिल्म ‘सतीदेवी’ लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकामा छायांकन गरिएको हो । सोही नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले फिल्म हेरेपछि विशेष सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । बुधबार दमौलीस्थित क्युएफएक्स हलमा फिल्मको विशेष प्रदर्शन गरिएको थियो ।