Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1465 - 1470 of 23515
फिल्मीखबर, काठमाडौं, २०८१ पौष १४, आईतवार

भेट्रान निर्देशक तुलसी घिमिरे फिल्म ‘पहाड’बाट सात वर्षपछि पुनरागमनको तयारीमा छन् । आगामी माघबाट छायांकन सुरु गर्न लागिएको फिल्ममा उनले कलाकारको बलियो ‘लाइनअप’ बनाएका छन् । मदनकृष्ण श्रेष्ठ, सुनील थापा, विपिन कार्की, वर्षा राउतको अभिनय रहने निश्चित भैसकेको फिल्ममा थप दुई कलाकार भित्रिएका छन् । उनीहरु हुन्, अरुण क्षेत्री र पञ्चमी घिमिरे ।

एजेन्सी, काठमाडौं, २०८१ पौष १३, शनिवार

बलिउड सुपरस्टार सलमान खान एक वर्षपछि फिल्म ‘सिकन्दर’मार्फत् पर्दामा देखिँदैछन् । शुक्रबार उनको ५९औं जन्मदिनमा फिल्मको टिजर रिलिजको तयारी गरिएको थियो । तर, भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनका कारण पोस्टपोन्ड भएको टिजर शनिबार सार्वजनिक गरिएको छ । १ मिनेट ४१ सेकेण्ड लामो टिजरमा सलमानलाई एक्सन अवतारमा देख्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष १३, शनिवार

यही पुष २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कार्साङ’को पहिलो गीत सार्वजनिक गरिएको छ । गत आइतबार मात्र छायांकन भएको ‘सात भन्ज्याङ’ बोलको गीत शनिबार युट्युबमार्फत् सार्वजनिक गरिएको हो । यसमा डीपी खनालको शब्द रचना तथा एसडी योगीको संगीत छ भने संगीतकार योगी र रेश्मा पुन मगरको पार्श्व गायन छ । गीतका एरेन्जर रिकेश गुरुङ हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष १२, शुक्रवार

सिमोस सुनुवारको निर्देशनमा बन्न लागेको फिल्म ‘जन्ते बाख्रो’को शुभमुहूर्त गरिएको छ । शुक्रबार कमलादीस्थित गणेश मन्दिरमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप बोर्ड पूजा गर्दै मुहूर्त गरियो । फिल्ममा जोडीको रुपमा देखिन लागेका अभिनेता सौगात मल्ल र अभिनेत्री गरिमा शर्माले मुहूर्त सट दिएका थिए । यो उनीहरुको पहिलो सहकार्य हो । फिल्मको छायांकन यही पुष २० गतेबाट सुरु हुनेछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष १२, शुक्रवार

भ्यालेनटाइन डेको अवसर पारेर आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रंगी’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक पोस्टरले बाबु-छोरीको पीडाभाव दर्शाएकोमा नयाँ पोस्टरले पात्रहरुको खुसीलाई प्रस्तुत गरेको छ । जसमा मुख्य कलाकारहरु सलोन बस्नेत, नम्रता श्रेष्ठ र आयुषी ढकाल (बाल कलाकार)लाई स्थान दिइएको छ ।

Results : 1465 - 1470 of 23515