Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1447 - 1452 of 23990
फिल्मीखबर, काठमाडौं, 2025-04-28, सोमवार

गायनबाट फिल्म अभिनयमा प्रवेश गर्नेको संख्या ठूलो छ । त्यसमा रामकृष्ण ढकालदेखि प्रकाश सपूतसम्म पर्छन् । अब अर्का एक गायकले पनि फिल्ममा डेब्यु गरेका छन् । ती हुन्, प्रकाश दूतराज । ‘रिमै’, ‘देउरालीमा’, ‘घर कता हो बैनीको’, ‘रेशम’ जस्ता चर्चित गीत गाइसकेका उनले फिल्म ‘आहुति’बाट डेब्यु गरेका हुन् । उनी यतिबेला पाँचथरमा फिल्मको छायांकन गरिरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-04-28, सोमवार

यस वर्षको पहिलो रिलिज फिल्म हुन्, ‘भूठान’ र ‘खेल’ । गत शुक्रबार (बैशाख १२ गते)बाट प्रदर्शनमा आएका दुवै फिल्मले प्रिमियरमा सुखद् प्रतिक्रिया पाएका थिए । दुवैमा स्थापित कलाकार भएकाले मल्टीप्लेक्सहरूले शो पनि राम्रो उपलब्ध गराए । तर, व्यापार भने दुवै फिल्मको निकै उदेकलाग्दो छ । पहिलो दिनदेखि दुईवटै फिल्मले एउटा शो समेत हाउसफुल देख्न पाएका छैनन् ।

फिल्मीखबर, काठमाडौं, 2025-04-27, आईतवार

साहित्यकार इन्द्रबहादुर राईको सबैभन्दा बढी पढिएको र रुचाइएको कथा हो, ‘जार : भएकै एउटा कथा ।’ विश्वविद्यालयको सन्दर्भ सामग्रीदेखि रंगमञ्च (नाटक) हुँदै अब यो कथामा फिल्म समेत बनेको छ, जुन बैशाख २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । फिल्मको कथा जार संस्कृतिमा आधारित छ । भागेर अर्को विवाह गरेकी स्त्रीको पहिलो पतिले नयाँ चाहिँलाई भन्ने शब्द जार हो ।

फिल्मीखबर, काठमाडौं, 2025-04-27, आईतवार

प्रदर्शन मिति घोषणा नहुँदै फिल्म ‘एक्लो’को श्रृंखलाबद्ध रुपमा क्यारेक्टर पोस्टर सार्वजनिक भइरहेका छन् । प्रदीप खड्का, बेनिशा हमाल र विजय लामापछि आइतबार मातातीर्थ औँसीको दिन पारेर अभिनेत्री दीया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा उनलाई ‘एस्ट्रोनट पुन’को रुपमा चिनाइएको छ । अर्थात् फिल्ममा उनी अन्तरिक्ष यात्रीको भूमिकामा छिन् ।

फिल्मीखबर, काठमाडौं, 2025-04-27, आईतवार

आगामी जेठ १५ गते (गणतन्त्र दिवस)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘महाभोज’को मातातीर्थ औँसीको दिन पारेर एउटा भावनात्मक भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री वसुन्धरा भुसालबीचको मनछुने संवाद समावेश छ । वसुन्धरा दिवंगत छोरालाई सम्झिँदै भावुक हुँदा दयाहाङले आफ्नो आमाजस्तै सधैं माया गर्ने भाव व्यक्त गरेका छन् ।

Results : 1447 - 1452 of 23990