

सन् १९८५ मा निर्माण भएको ‘के घर के डेरा’ले नेपाली फिल्मको एउटा कालखण्डको प्रतिनिधित्व गर्छ, जुनबेला रिलबाट फिल्म खिचिन्थ्यो । यसको ३७ वर्षपछि अर्थात् २०७९ सालमा दोस्रो पटक सोही नाममा अर्को फिल्म बन्यो । अब यसको दोस्रो श्रृंखला ‘के घर के डेरा : घर नं २’ आगामी जेठ २ गतेबाट प्रदर्शनमा आउँदैछ । एक साताअघि फिल्मको टिजर सार्वजनिक भइसकेको छ ।

अभिनेत्री नीति शाह विवाह बन्धनमा बाँधिएकी छन् । उनले प्रेमी याञ्चित राणासँग शुक्रबार काठमाडौं जिल्ला अदालतमा विवाह गरेकी हुन् । न्यायाधीश दीनबन्धु बरालको इजलासमा उनीहरुको विवाह भएको हो । दुवै करिब ४ वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

अभिनेता पल शाहको गत वर्ष तीनवटा फिल्म रिलिज भए । यस वर्ष पनि त्यही संख्यामा रिलिजको सम्भावना देखिन्छ । उनको यस वर्षका लागि पहिलो रिलिज फिल्म भने ‘मोहर’ हुनेछ, जुन आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउँदैछ । ओम प्रतिकको निर्देशन बनेको फिल्ममा उनको जोडीको रूपमा बेनिशा हमाल र नीति शाह प्रस्तुत छन् । दुवैसँग उनको यो पहिलो सहकार्य हो ।

एउटा फिल्मको सफलताले मात्रै पनि कलाकारको करिअरलाई कुन हदसम्म उठाउँछ भन्ने कुराको ज्वलन्त उदाहरण हुन्, बेनिशा हमाल । उनले डेढ दशक लामो करिअरमा पहिलो हिट फिल्मको रुपमा ‘छक्का पञ्जा ४’ पाएकी थिइन् । यसपछि उनको करिअर नै चम्किएको छ । यतिबेला उनको हातमा लगातार फिल्म परिरहेको छ । र, उनले पनि श्रृंखलाबद्ध रूपमा काम गरिरहेकी छन् ।

कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलको नयाँ फिल्म ‘अभिमन्यु’को दुई हप्तादेखि काठमाडौं आसपासका क्षेत्रमा छायांकन भइरहेको छ । छायांकनमा जाँदासम्म कलाकारहरुमा गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देवा, शिशिर वाङ्देल र किरण श्रेष्ठको नाम मात्र सार्वजनिक गरिएको थियो । तर, एक मुख्य कलाकारको नाम भने खुलाइएको थिएन ।

